×

वीरगंज, श्रावन २० - जिन्दगीमा सबैको चाहाना एउटै हुन्छ, आफू ठूलो र असल मान्छे बनेर सबैले चिनुन् भन्ने। तर, यस्ता चाहानाहरू मानव जीवनमा कमैले मात्र पूरा गरेका हुन्छन्। सफल यस कारणमा भएका हुन्छन्, उनीहरूले जिन्दगीमा ठूलो मेहेनत र परिश्रम गरेका हुन्छन्।

जिन्दगीमा मेहेनत र परिश्रम गर्ने मात्र सफल हुन्छन् भन्ने आत्मसात्का साथ साङ्गीतिक यात्रामा लागिरहेका छन्, रवि राज शाह। रवि राज ‘एपी वान टेलिभिजन’मा प्रसारण हुँदै आएको ‘नेपाल लोक स्टार’ गायन प्रतियोगिताका मध्येका एक प्रतिस्पर्धी हुन्। सामान्य किसानको घरमा जन्मेका उनी साङ्गीतिक क्षेत्रमा नाम कमाउन धेरै मेहेनत गरेका छन्।

सानैदेखि गीत गाउन रुचाउने उनले गाउँमा कसैको विवाह भयो भने उनी ब्यान्ड बाजासहित हिँड्थे। एक त तराईमा जन्मेका उनी त्यसमा पनि साह परिवारका। त्यो परिवारका छोराछोरी डाक्टर, इन्जिनियर, पाइलट वा आफ्नो बिजनेस सम्मालेका हुन्छ। तर, उनी त्यो मध्यमा परेनन्।

रविराज भन्छन्, ‘सायद त्यो कुरा बन्नमा मसँग एउटा मात्र गुण भइदिएको भए पनि म त्यही बन्थे होला । तर, मसँग एउटा पनि त्यस्तो गुण थिएन।’ सरकारी स्कुलमा पढेका कारण गाउँमा कतै साङ्गीतिक कार्यक्रम भइहाले साथीहरूलाई झोला बोक्न दिएर उनी बिहे, पार्टी र भोजहरूमा पुगिहाल्थे।

तर, बेलुका जब उनी घरमा पुग्थे बुबाको हातबाट धुलाई भेट्थे, अनी ममीको कचकच। हुन पनि हो, हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरी समाजका सबैभन्दा असल, दक्ष र सबैको अगाडि गर्व गर्न लायक होस्। त्यही सपना पूरा गराउन सम्पूर्ण शक्ति लगाएर बालबालिकाको चाहना र आवश्यता पूरा गर्न सधैँ तत्पर हुन्छन् आमाबुबा। तर, उनलाई बुवामम्मीलाई भने पटकै मन नपर्ने। जति कुटे, गाली गरे पनि गीत गाउन छोडेनन्। उबेलामा त उनी रमाइलोका लागि गीत गाउथेँ।

त्यसरी गीत गाएर उनले धेरै पुरस्कार पनि पाए। ठेट मधेसको मान्छे एउटा गायक बन्नु सपना जस्तै थियो। यसरी व्याण्डबाजाहरुमा हिँड्दा बुवाले कति पिट्नु भयो भनेर साध्यपनि छैन उनले सुनाए। ‘साहु महाजनको छोराहरूले कहाँ यसरी गीत गाउने, गीत गाउने भनेको त सानो जातका मान्छेले हो’ भन्ने सोचाइ थियो उ बेला त।

उनले भने, ‘जुन कुरा गर्नु हुँदैन भनेर रोक्छन् त्यही कुरा हाबी भइदिँदो रहेछ जिन्दगीमा।’ त्यसरी कुट्दा पनि छोरो नसुध्रिय पछि बुवाले एउटा उपाय निकाल्नु भयो, उनले भने । उपाय के भन्दा ‘प्लस टू’ पढ्न काठमाडौं पठाउने। बुवाले सोच्न भयो काठमाडौं जस्तो नयाँ ठाउँमा अब यसले कसरी गीत गाउँछ? त्यसपछि उनी काठमाडौँ आए।

काठमाडौं आएपछि त झन् उनलाई सजिलो भयो। न बुवाको पिटाइ खान पर्यो, नत आमाको कचकच, न गाउँलेले के भन्लान् भन्ने डर। यहाँ आएर कमर्स पढ्न भर्ना भए कलेजमा पनि गीत गाउन थाले। उनले नेपाली गीतहरू कहिले तिम्रो पछेउरीमा, माया नै माया छ तिम्रो नाउमालगायतका गीत गाउँथे।

तराईमा जन्मे पनि नेपाली गीतहरू राम्रोसँग गाउन उनले हिन्दी, भोजपुरी, मैथिली, अङ्ग्रेजी गीतहरू पनि उतिकै राम्रो गाउँथे । ‘कलेजमा गाउदा मलाई साथीभाई र सरहरुले त गायक हुनुपर्छ भन्न थाल्नुभयो।’ उनले हाँस्दै भने, ‘त्यसपछि मलाई उदित नारायण भनेर बलाउनु थाले’ भन्थे । अरूले जे–जे भने पनि आफूमा चाहि कन्फिडेन्ट भयो कि म जे गर्न पनि सकिन्छु भनेर।

‘मलाई लाग्यो कि गीत सङ्गीतबाटै आफ्नो जिविको पार्जन गर्न सक्छु, आफ्नो परिवार पाल्न सक्छु, छोराछेरी पाल्न सक्छु, त्यसपछि सङ्गीतमा लागे’ रविराज भने । त्यपछि अब गायक नै बन्ने भनेर उद्देश्य लिएर मैले सङ्गीत सिक्न सुरु गरे । किनकि सफल र चाहेको लक्ष्यमा पुग्न उद्देश्य त पक्कै लिनै पर्ने थियो।

उद्देश्य बिनाको मेहेनतले कहिले सफल बन्न सकिँदैन। उनी भन्छन्, जीवनमा अफस कहिले पनि नराख्नु, जब मानिसले अफसन राख्छन् त्यो मानिस कमजोर बन्छन्। उनले रेडियो नेपालबाट स्वर परीक्षण पनि गरेका छन्। गायक बन्न कै लागि भनेर उनी भागेर बम्बई पनि गए।

त्यसपछि उनलाई त्यहाँ बस्नै मन परेन केही समयपछि फेरी काठमाडौं नै आए। फेरी उनी मुम्बइनै गए यसरी ३–४ पटक आउँदै ज्यादै गरे। यही क्रममा उनी पछिल्लो समय एपी वान टेलिभिजनमा प्रसारण हुँदै आएको ‘नेपाल लोक स्टार’ गायन प्रतियोगिताका प्रतिस्पर्धीमध्ये एक हुन्।

सर्लाही जिल्लाको बबरगञ्जमा जन्मिएका रविराज प्रदेश २ को प्रतिनिधित्व गरिरहेका छन्। रविराज मधेसी मूलका हुन्। तर, उनी सिङ्गो नेपालको प्रतिनिधित्व गर्दै अगाडि बढिरहेका छन्। नेपाली हुनुमा गर्व गर्छन् उनी। ‘आज तराई र पहाडबीचमा जुन प्रकारको गलत बुझाइ छ, त्यसलाई यही नेपाल लोक स्टारका माध्यमबाट चिर्न चाहन्छु, सिङ्गो नेपाललाई जोड्न चाहन्छु,’ रविराज भन्छन्, ‘पहाड र तराईबीचको भाईचारा गीत सङ्गीतको माध्यमबाट एउटै मालामा गोलबद्ध गराउन चाहन्छु।’

उसरी नै हजारौं प्रतियोगीलाई पछाडि पार्दै रविराज यतिबेला प्रतियोगिताको उत्कृष्ट १६ मा परेका छन्। गत बिहीबार प्रसारित पछिल्लो एपिसोडमा सुष्मा झासँग गलबन्दी गीत गाएर रविराजले ‘प्रोफर्मस अफ द डे’ को उपाधि समेत हासिल गरेका छन् । साह अहिले सेफ जोनमा भएकोले तत्काल उनलाई भोट आवश्यक न भएपनि आगामी एपिसोडहरुमा उनले आफूलाई भोटिङ गर्न आग्रह समेत गरेका छन् । यो शो नेपालकै सर्वाधिकार पुरस्कार राशि भएको रियालिटी शो हो।

यस रियालिटी शो को बिजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमणको प्याकेज पाउने छन् ।

रविराज साहलाई भोटिङ्ग गर्ने तरिका :

नेपालका लागि : Type L(space) 01

Send to 37000 OR Dial from landline : 166677 Enter voting code : 01

भारतका लागि : Type L(space) 01 Send to 53010

कतारका लागि : Type L(space) 01 Send to 92300

साथै IME PAY APP बाट पनि भोट गर्न सकिन्छ ।

Back to top