×

वीरगन्ज १८ साउन । औषधि व्यवस्था कार्यालय वीरगन्ज भन्सार कार्यालयबाट खाद्य पदार्थ भन्दै नेपाल भित्र्याउँन लागिएको एलनोभा फर्मा हिमाञ्चल प्रदेश भारतद्वारा उत्पादित अल्टिकेम प्लस क्याप्सुल खाद्यपदार्थ नभई औषधिजन्य पदार्थ भएको भन्दै गोदाममा सिलबन्दी गरेको छ।सौरभी इन्टरप्राइजेजका मालिक सुमन क्यालले सो औषधि दुुई साताअघि झिकाएका थिए। त्यसमा शंका लागेपछि औषधि व्यबस्था बिभागले गोदाममा शिलबन्दी गरेको हो।

क्यालले झिकाएको अल्टिकेम प्लस क्याप्सुल औषधी भएको औषधि व्यबस्था विभाग वीरगन्जका प्रमुख सरस्वती डंगोलको भनाई छ। स्पेसखबरसंग कुरा गर्दै डंगोलले भनिन्‘ बिभागको निर्णय अनुसार हामीले शिलबन्दी गरेका हौं।’ बिभागको निर्णयमा चित्त नबुुझेमा ३५ दिनभित्र सचिबसमक्ष उजुरी दिन सकिने व्यबस्था छ। ३५ दिनसम्म पर्खने र त्यसपछि कुनै निर्णय नआएमा वा बिभागको निर्णय सदर भएमा आफूहरुले नष्ट गर्ने प्रकृया थाल्ने उनले जानकारी दिइन्।

शिलबन्दी गरिएको अल्टीकेम प्लसमा भिटामिनको डोज पनि कम भएको डंगालेको भनाई छ। उनका अनुसार यसले भिटामिनको काम पनि गर्दैन। बिभागले शिलबन्दी गरेपछि सौरभी इन्टरप्राइजेजका मालिक सुमन क्यालले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागबाट स्वीकृति लिएर अल्टीकेम प्लसमा झिकाइएको दाबी गरे। उनले यस्तो दाबी गरे पनि सो क्याप्सुल औषधि पसलबाटै बिक्री गरिन्छ ।

विभाग प्रमुख डंगोल औषधि ऐनअनुसार औषधिजन्य पदार्थ बाहेक अन्य कुरा औषधि पसलबाट बिक्रि गर्न नपाइने बताउँछिन्। औषधि शिलबन्दी गरेपछि सौरभीका मालिक क्याल बुधबार काठमाडौं आइपुुगेका छन्। खाद्य पदार्थ नै भएको भनी निर्णय गराउन उनले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादबकहाँ पुुगेर आर्थिक प्रलोभन दिएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाई छ।

Back to top