×

बीरगञ्ज, १७ साउन । भारतको महावाणिज्य दूतावास वीरगञ्ज कार्यालयको नामबाट परमिट र नगदी रसिद बनाएर कारोबार गर्ने एकजना पक्राउ परेका छन् ।ना.३ ख ९५८६ नम्बरका बस चालक बिनोद कुमार चौधरीले भारतीय दूतावासको नामले परमिट र नगदी रसिद बनाउने गरेकोमा उनलाई पक्राउ गरीएको हो ।

पक्राउ परेका बसचालक धनुषा जिल्लाको बेंगाशिवपुर ४ बस्ने चौधरीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सर्लाही जिल्लाको धनगढा ८ बस्ने रोशन कुमार अधिकारीको नाउँमा दर्ता रहेको सन् २००९ मोडेलको टाटाबसको महावाणिज्य दूतावास वीरगञ्जले जारी गरेको परमिटको म्याद सन् २०१८ को जुलाई ३० तारेखमा समाप्त भएको थियो ।

तर त्यसपछि नक्कली परमिट र नगदी रसिद बनाएर प्रयोग गर्दै आएको खुलेको वाणिज्य दूतावासले जनाएको छ ।

वाणिज्य दूतावास कार्यालयले घटनाको गंभीरतापूर्वक अनुसन्धान गरी अन्यहरुको संलग्नताबारे समेत छानविन गर्न आग्रह गरेको छ ।

नक्कली परमिट र नक्कली रसिद फेला परेपछि अन्य प्रयोगकर्ताहरु पनि हुन सक्ने संभावना बढेको छ ।

Back to top