×

सन्जय सहनी रौतहट १७ साउन । रौतहटको मध्य भाग गरुडामा रहेको वंशिराम जयसवाल अनाथालयलाई परोहा नगरपालिकाले शुक्रबार दुई लखा पचास हजार रुपैया सहयोग प्रदान गरेको छ ।

आर्थिक अभावकाका कारण गरुडा नगरपालिका ४ रहेको यस अनाथालयमा ३० जना बालबालिका कष्टकर जिवन बाचिरहेको खबर सुनेपछी दयालु स्वभावका धनी ब्यक्ति नगरपालिकाको मेयर शेख ओकिल सहितको टोलिले अनाथालायलाई सहयोग गरेका हुन ।

पहिले विभिन्न सरकारी निकाय बाट सहयोग आए पनि हाल केही वर्षयता देखी भने कतैबाट आर्थिक सहयोग नपाएकोले अनाथालयको अवश्था कमजोर हुदै गएको हो । भवनहरु भत्कीन थालेको तथा छानाहरु फुटेकोले वर्षायाममा बालबालिकाहरुको लागी समय निकै कष्टकर बनेको छ ।

अनाथालमा रहको बालबालिकाको भरणपोषणका लागी अनाथालयले स्थापना गर्न लागेको अक्षय कोषका लागी परोहा नगरपालिका का मेयर शेख वकिलले दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेका हुन । अनाथालयकाका बालबालिकाहरुको कारुणीक अवश्थालाई देख्दा आफूलाई दुख लागेकाले नगरपालिकाका तर्फ बाट सो रकम सहयोग गरेको मेयर वकिलले बताए ।

अनाथालयमा बालबालिकाको कुरा सुनेर भावुक भएका उनले अन्यलाई पनि सहयोग गरि दिन अपील गर्दै यस आर्थिक वर्षमा पनि परोहा नगरपालिका का तर्फ बाट थप दुई लाख पचास हजार सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन । रौतहटमा रहेको एक मात्र यस अनाथालयलाई जिल्लामा रहेका १८ वटा स्थानिय तहले केही रकम मात्रै सहयोग गर्दा टुहुरा बालबालिकाकाले राहत महशुस गर्ने अनाथालयका संस्थापक वंशिराम जयसवालले बताए ।

बास बस्न मात्र होइन, छाक टार्ने भोजनका लागी पनि दाताको मुख ताक्नु पर्ने बाध्यता रहेको यस अनाथालयलाई रौतहटका स्थानिय तहहरुले मात्रै पनि सहयोग गरी दिए अनाथहरुको कल्याण हुने संचालक जयसवाल बताउछन ।

Back to top