राजेश केडियाको दादागिरी कर्मचारीहरुले तलब मागगर्दा छात्रा उचाली कर्मचारीहरुलाई कोठामा थुन लगाए

993

वीरगन्ज १७ साउन । वीरगन्जमा रहेको एम।बी केडिया डेन्टल कालेजका विद्यार्थीहरुले कलेजमा कार्यरत कर्मचारीलाई थुनेका छन् । कलेजमा करिब १ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

कर्मचारीहरुको आन्दोलनले पढाइमा प्राभावित भएपछि बुधबार नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध एम।बी केडिया डेन्टल कालेजका एकाई समितिका अध्यक्ष उपेन्द्र यादव लगायत करिब २५ जनाभन्दा बढी कर्मचारीहरुलाई एउटा कोठामा लगेर थुनेका हुन् ।कलेजमा कार्यरत कर्मचारीहरुलाई विगत १३ महिनादेखि व्यवस्थापन पक्षले तलब उपलब्ध नगराएपछि आक्रोशित कर्मचारीले कलेजको आकस्मीक कक्ष बाहेक सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका हुन् । कर्मचारीहरुको आन्दोलनले गर्दा पढाइ नै प्रभावित भएपछि बाध्य भएर कर्मचारीहरुलाई नै थुन्नु परेको विद्यार्थीहरुको भनाइ छ ।



‘हामी १८ देखि २० लाख रुपैयाँ तिरेर पढिरहेका छौं । तर व्यवस्थापन पक्ष राजेश केडियाको लापरवाहीले कर्मचारीहरु आन्दोलनमा उत्रेकाले हाम्रो पढाइमा प्रभाव परेको छ ।’ कलेजमा अध्यक्षरत एकजना छात्रले नाम नबताउने शर्तमा भन्ने, ‘व्यवस्थापन पक्ष राजेश केडियालाई समस्याको समाधान गर्न हामीले भनेका हौ तर उनले कलेजमा अध्यक्षरत केहि छात्रहरुलाई उचालेर आन्दोलनमा उत्रिएका कर्मचारीहरुलाइ कोठामा थुन लगाएका हुन ।

नियमित पढाई सुचारु हुनुपर्ने माग राखेर आफूहरु आन्दोलनमा उत्रिदा व्यवस्थापन पक्षले पैसाको पावरमा देखाएर प्रहरी प्रशासन लगाएर दम गर्ने प्रयास भइरहेको समेत विद्यार्थीहरुले गुनासो गरेका छन् । समस्या समाधानका निम्ति व्यवस्थापन पक्षका राजेश केडियालाई बोलाउँन आग्रह गर्दा प्रहरीले जबरजस्ती बल प्रयोग ढोकामा लगाएको ताल्चा फोडेको छ भने आन्दोलित विद्यार्थीहरुलाई कलेको गेट बाहिर निकालिएको छ ।

कलेको परिसर पुगेका सचारकर्मीहरुले घटनाको फोटो खिच्न खोज्दा प्रहरीले समेत रोकेका थिए ।
कलेजमा कार्यरत १० जना चिकित्सकलाई १३ महिना, १५ जना कार्यरत शिक्षकलाई ६ महिना र २५ जना कार्यरत कर्मचारीलाई ५ महिनादेखि व्यवस्थापन पक्षले तलब दिएको छैन ।

नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध एमबी केडिया डेन्टल कालेजका एकाई समितिका अध्यक्ष उपेन्द्र यादवले भने, तलब उपलब्ध गराउन व्यवस्थापन पक्षसँग कुरा गर्दा पटकपटक आश्वासन मात्र दिने गरेका छन् । तर, तलब भत्ता भने दिएका छैनन् ।’ उनले भने, ‘व्यवस्थापन पक्षको लापरवाही बारे श्रम तथा रोजगार कार्यालय पर्सामा समेत लिखित पत्रचार गर्दा समेत कुनै सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेका हौं ।’