×

वीरगन्ज १७ साउन । वीरगन्जबाट अपहरणमा परेको भनिएका नेपाल तरुण दलका कार्यकर्ता उपनेश कुमार चौरसीया विहिबार परिवारको सम्कर्पमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ।

पर्साको विन्दवासीनी गाउँपालिका-४ मधवल घर भएका २३ वर्षीय उपनेश चौरसीयाले आफू अपहरणमा परेको भनेर झुठो हल्ला फिजाएकाले पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको पर्साका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

चौरसियासँगै अपहरणको झुटो हल्ला फिजाएका मधवलकै २१ वर्षीय सनुपदास तत्वालाइ पनि गरेको छ। दुवै जनाविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ। अपहरणको हल्ला गर्ने मधवलकै २८ वर्षीय उत्तम भनिने निरन्जन तिवारी र २८ वर्षीय एजाजुल मिया अन्सारी फरार छन्। उनीहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ।

साथीहरुसँग लिएको ऋण तिर्न नसकेपछि उपनेशले घरपरिवारबाट पैसा माग्नका लागि सनुप, निरन्जन र एजाजुलको सहयोग लिएर आफू अपहरणमा परेको योजना बनाइ झुठो हल्ला फिजाएको एसपी राठौरले बताए।

उनका अनुसार मंगलबार घण्टाघर चोकबाट अपहरणमा परेका भनिएका उपनेशले मोटरसाइकलमा निरन्जन र एजालुललाई लिएर रक्सौल पुगेका थिए।

उपनेशले नै सुनपलाइ रक्सौलमा बोलाएर आफू अहपरणमा परेको योजना बनाइ सनुपलाइ वीरगन्जमा पठाएर हल्ला फैलाउन लगाएकाले उपनेश र सनुपलाइ नियन्त्रणमा लिइएको हो। अपहरणमा परेको भनिएका उपनेशले तीन जनाले घण्टाघर चोकबाट मोटरसाइकलमा चढाएर रक्सौलमा पुर्‍याइ अपहरण गरेको बताएका छन्।

घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Back to top