×

वीरगंज, १६ साउन । कमिसनको चकरमा वीरगंज उपमहानगरपालिकाले दर्ता नभएको गाडी खरीद गरेर करोडौं रुपियाँ भुक्तानी दिएको प्रमाण भेटिएको छ ।वीरगंज उपमहानगरपालिकाको नाममा दर्ता नगरि कमिसनको चकरमा वीरगंज उपमहानगरपालिकाले सडक सरसफाइ गर्नको लागि खरीद गरेको सडक क्लिनर मेशिन (बुमर) को भुक्तानी पञ्च कन्या निर्माण सेवा कुपन्डोललाई ८१ लाख रूपियाँ भुक्तानी दिएको देखिन्छ ।

तत्कालीन कार्यालय प्रमुख विष्णु कोइरालाले २०७१, ११, ३ को सम्झौता अनुसार ना ५ ख ८३४८ नं. को बुमर मेशिन वीरगंज महानगरपालिकाको लागि खरीद गरेका थिए ।

खरीद गरेको गाडी कार्यालयमा भए तापनि त्यो गाडी अहिलेसम्म वीरगंज उपमहानगरपालिकाको नामसारी भएको छैन ।

सिप्रदीबाट ठेकेदार कम्पनीले किस्तामा गाडी खरीद गरी उपमहानगरपालिकासँग एकमुस्ट भुक्तानी दिएको देखिन्छ । महानगरपालिकामा रहेको गाडी अहिलेसम्म महानगरपालिकाको जिन्सीमा समेत दर्ता छैन ।

कर्मचारी स्रोतका अनुसार चारवटा ट्याक्टर र अन्य गाडीको समेत दर्ता नरहेको र ती गाडीहरूको पनि भुक्तानी भइसकेको छ । ठेकेदार कम्पनीले किस्तामा खरीद गरेको गाडी महानगरमा दर्ता नगरी भुक्तानी लिए पनि सिप्रदीलाई सो भुक्तानी नदिएको कारण यो समाचारमा प्रकाशमा आएको छ ।

सिप्रदीले पञ्चकन्या निर्माण सेवालाई बिक्री गरेको बूमरको रु ५ लाख बाँकी तिर्नुपर्ने देखिन्छ । सिप्रदीका प्रतिनिधि गाडी खोज्दै एक हप्ता पहिले महानगर पुगेपछि घटना सार्वजनिक भएको हो ।

५ वर्ष बितिसक्दा पनि मोटो कमिसनको रकम खाएको हुनाले अहिलेसम्म कार्यरत कर्मचारीहरूले सो विषयमा खोजबीन गरेका थिएनन् ।

यस विषयमा खोजीनीति गर्दा तत्कालीन जिम्मेवार व्यक्तिहरूले घटना लुकाउन गाडीसम्बन्धी तथ्य प्रमाण दिन आनाकानी गरेका थिए ।

कर्मचारी स्रोतका अनुसार घटना सार्वजनिक भएपछि आपैm फस्ने डरले रातोरात जिन्सी रजिस्टरमा २०७३,३,२७ को मिति राखेर सो गाडी दर्ता गरेको तर दर्ता रजिस्टरमा गाडी नम्बर, इन्जिन र चेसिस नंबरसमेत न राखेको देखिन्छ ।

Back to top