×

वीरगन्ज १५ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले गत आर्थिक वर्ष २०७५र७६ मा अघिल्लो आव २०७४र७५ को तुलनामा ४६ करोड बढी विद्युत महसुल उठाएको छ । आव २०७४र०७५ मा ३ अर्ब ९ करोड ७७ लाख ५१ हजार २ सय ६३ रुपैयाँ महुसल संकलन भएको थियो भने गतआवमा ३ अर्ब ५५ करोड ८३ लाख ९७ हजार ४३ रुपैयाँ महसुल संकलन भएको वितरण केन्द्र प्रमुख मुनीन्द्र ठाकुरले बताए । उनका अनुसार संकलन गरिएको रकममा विक्री गरिएको बिजुलीको महसुल र कारबाहीद्वारा असुलउपर गरिएको रकम पनि समावेश रहेको छ ।

४५ हजार ग्राहक रहेको वीरगन्जमा १ वर्षको अवधिमा ४६ करोड महसुल वृद्धिले अहिले देशभरकै १ सय १० वटा वितरण केन्द्रभन्दा बढी मुनाफा आर्जन गरेको नेपाल विद्युत् प्राधिकरणको आँकलन छ। वितरण केन्द्रले मुख्य रूपमा ५ करोड ५३ लाख छुट विलिङबाट र चुहावट नियन्त्रण गरेर २० करोड ६९ लाख ६२ हजार गरी करिब २६ करोड रुपैयाँ असुलउपर गरेको बताइएको छ।

आव २०७४र०७५ मा चुहावट दर १० दशमलव ७३ प्रतिशतबाट घटाएर आव २०७५र०७६ मा ४ दशमलव ९६ प्रतिशतमा झार्दा करिब २१ करोड रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई फाइदा भएको ठाकुरको भनाइ ।

उनका अनुसार गतवर्ष वीरगन्ज पथलैया औद्योगिक करिडोरका ८० वटा उद्योगमा भएको चुहावटको छुट विलिङबाट ५ करोड ५३ लाख ११ हजार ६ सय ६५ रुपैयाँ असुल भएको देखिन्छ । जब कि आव २०७४र०७५ मा ४७ वटा उद्योगमा चुहावट नियन्त्रण भएको हुँदा ४८ लाख ५१ हजार रुपैयाँ असुल भएको थियो ।

साथै, प्राधिकरणले थप २१ वटा उद्योगको फाइल प्राधिकरणको मुख्यालय काठमाडौँमा पठाएको र त्यसबाट करिब ६० लाख ६६ हजार रुपैयाँ असुल गरिने अनुमान छ ।

वितरण केन्द्र वीरगन्जले आव २०७४र०७५ मा ३६ करोड ११ लाख ७३ हजार १ सय १६ युनिट प्राप्त गरी ३२ करोड २४ लाख ८ हजार २२ युनिट विक्री गरेको थियो भने आव २०७५र०७६ मा ३८ करोड ५४ लाख ७९ हजार ४ सय ५० युनिट प्राप्त गरी ३६ करोड ६३ लाख ७१ हजार ५ सय ६८ युनिट विक्री गरेको छ ।

Back to top