×

वीरगंज १५ साउन । सौरभी इन्टरप्राइजेजले झिकाएको अल्टीकेम प्लस क्याप्सुल औषधी व्यवस्था कार्यालय वीरगंजले दुई साता अगाडी गोदाममा छापामारी गरेर आफ्नो नियन्त्रणमा लिएको छ ।यस सम्बन्धी पत्र–पत्रिकामा समाचार नआओस भनी दुवै पक्षले समाचार लुकाउन प्रयत्न गरेका छन् ।

सौरभी इन्टरप्राइजेजका संचालक सुमन क्यालले झिकाएको अल्टिकेम प्लस क्याप्सुल औषधी भएको दावी औषधी व्यवस्था विभाग वीरगंजको प्रमुख सरस्वती डंगोलले गरेकी छिन् ।

यता आफुले झिकाएको क्याप्सुल औषधी नभएर खाद्य पदार्थ भएको र सरकारको अनुमति लिएर आफुले समान झिकाएको सौरभी इन्टरप्राइजेजका संचालक सुमन क्यालले दावी गर्दै हिडेका छन् ।

एलनोभा फर्मा हिमाञ्चल प्रदेश भारतद्वारा उत्पादित भिटामिनको क्याप्सुल खाद्य पदार्थ नभएर औषधी नै भएको जानकारहरु बताउँछन् ।

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव मार्फत यो घटना मिलाउने प्रयास भइरहेको बताइन्छ । आज सुमन क्याल पुष्प पान लिएर राजधानी जाने तयारीमा जुटेका छन् ।

Back to top