×

वीरगंज १५ साउन । वीरगन्ज महानगरपालिकाबाट २ जना अपहरण भएका छन ।पर्सा र बारा जिल्लामा विगत भन्दा अहिले शान्ति सुरक्षा अवस्था प्रभावकारी रहेको भन्दै भन्दै वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाई वहाको कार्यकक्षमा भेटी वहालाई धन्यवाद दिएको २ दिन न बितदै २ जना वीरगन्जबाट अपहरण परेका छन् ।वीरगन्जबाट सोमबार र मंगलबार गरि २ जना अपहरण भएको छ मंगलबार २ बजे वीरगन्जको घण्टाघर नजिकबाट पर्साको बिन्दवासनी गाँउपालिका वडा नं. ४ मधुवन निवासी तरुण दलका कार्यकर्ता उपनिवस चौरसियालाई चार पाच जनाको अज्ञत समुहदे घण्टाघर नजिकबाट अपहरण गरि लगेको उनको परिवाजनले आरोप लगाएका छन ।

यता वीरगंज महानगरपालिका वडा नं. १९ इनर्वा निवासी अरमान अलिको अपहरण भएको उनका परिवारजनले बताएका छन । सोमवार बिहान ५ बजे नमाज पढेर घर गएका अरमान कसैको फोन आएपछि गएका र त्यसपछि फर्केका छैनन् । उनका परिवारले हिजो दिनभर खोजतलाश गरेको तर कतैबाट कुनै खबर नपाएको बताएका छन् ।

आज बिहान ८ बजे अरमानकी दिदीलाई अरमानले फोन गरेर पैसा नदिए मारिदिने धम्की दिएको बताए । अरमानको नम्बरबाट फोन आएको र अरमानले पैसा दिनु नत्र मारिदिन्छन् भन्नेबाहेक अरू कुरा नगरेको र त्यसपछि फोन स्वीच अफ भएको बताइएको छ ।

परिवारले आज बिहान यस्तो फोन आएपछि अरमानको अपहरण भएको ठानेर प्रहरीलाई सूचित गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान शुरू गरेको बताएको छ ।

Back to top