×

वीरगन्ज १४ साउन । नेपाल भारत मुल प्रवेशद्वार वीरगन्ज भन्सार स्थित शंकराचार्य गेटलाई बडो तामझामको साथ कार्यकर्ताको खल्ती भर्ने उदेश्यले सौन्दर्यीकरण गरिएको थियो ।भारतबाट नेपाल आउने पर्यटकहरुमा सकारात्मक सन्देश जाओस् भँदै नेपालको राष्ट्रिय झण्डा फफराउदै गरेको शंकराचार्य गेटलाई सौन्दर्यीकरण गरिएको थियो र त्यसको नाम दिइएको थियो ‘ नेपालको राष्ट्रिय झण्डा फफराउदै गरेको सेल्फी स्थल’ । तर आज तेहा शंकराचार्य गेटलाई सौन्दर्यीकरण त परै जावस नेपालको राष्ट्रिय झण्डा पनि कुडामा फालिएको छ ।

नेपालको राष्ट्रिय झण्डा भनेको प्रत्येक नेपाली नागरिकको मुटु हो र त्यसलाई जथाभावी फालेमा एउटा सच्चा नेपाली नागरिकलाई सहाय हुँदैन तर वीरगन्ज महानरपालिकाका मेयर सरावगी जस्तो सरकारकै एउटा अँग (स्थानीय तह) मा बसेकाले वास्ता नगरेको देखेर वीरगन्ज महानगरपालिका मेयर सरावगीलाई नेपालको राष्ट्रिय झण्डा प्रति कतिको चिन्ता छ भनेर छर्लड्डै देखिन्छ ।

दिनहुँ उक्त सडकबाट हिँड्ने ठूलठूला सवारी साधनले विग्रको सडक भएको कारण उड्ने गरेको धुँलोले गर्दा सेल्फी स्थल त कुरै छाडौं, त्यहाँ ५ मिनेट कुर्न पनि मान्दैनन् । सौन्दर्यीकरणको बखत वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषाल लगायत विभिन्न राजनीतिक दलका नेता, समाजसेवी लगायतका व्यक्तित्वहरुको सहभागितामा रिबन काटेर उद्घाटन गरेका थिए ।तामक्रम तथा समय देखाउने ठूलो एल.ई.डि. बोर्ड पनि लगाइयो र त्यही स्थानमा नेपालको ठूलो राष्ट्रिय झण्डा पनि ठड्याइयो । नेपाल प्रवेश गर्दा नेपालको राष्ट्रिय झण्डा देखिनु कुनै नराम्रो कुरा होइन, तर त्यसको संरक्षण हुन पनि उत्तिकै आवश्यक छ ।

विरुवा रोप्नु ठूलो कुरा होइन, त्यसलाई उमार्नु, हुर्काउनु ठूलो हो । जुन वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले बुझ्न सकेन, जसको परिणाम त्यहाँ लगाइएको नेपालको राष्ट्रिय झण्डा जथाभावी फालिएको अवस्थामा भेटिएको छ ।

वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले कार्यकर्ता पालनको लागी बजेट खर्च गरि सौन्दर्यीकरण त गर्यो तर त्यसको संरक्षणमा न उनी र ना का कार्यकर्ताले ध्यान पु¥याएन जसले गर्दा अहिले ति ठाउँ जस्ताको त्यस्तै छ ।

उद्घाटनको दिन रजतजयन्ती चोकदेखि शंकराचार्य गेटसम्मको सडकलाई वीरगन्ज महानगरपालिकाको पानीटंकीले सडक पखालिएको पनि थियो तर त्यो एक दिनको लागि मात्रै । त्यसपछि सडक पखाल्ने कार्यले निरन्तरता पाएन् र दिनहुँ धुलो उड्ने खाल्डा खुल्डी भएको सडक भएको कारण त्यो स्थल पुनः जस्ताको त्यस्तै बन्यो ।

Back to top