×

वीरगन्ज १४ साउन । पर्सा जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाजा सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगर पालिका वडा नं.२५ ड्राईपोर्ट बहुअरी नजिकबाट मंगलबार भारतिय नं. को जिपमा गाजा ओसार्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो । लागुऔषध गाँजा ओसार पसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा बीआर २८ जी २७७० नम्बरको बोलेरो गाडीको तल फल्स बटम बनाई लुकाई राखेको अवस्थामा गाँजा फेला पारेको हो । ५० वटा पोकामा रहेको ८९ केजी गाँजा बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । ।

 

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला बिशुनपुर वडा नं.३ बस्ने नुर महमद हुसेन, भारत बिहार मोतिहारी जिल्ला फुलवरिया वडा नं.११ बस्ने असलम आलम साईन, ईर्साद साईन र भारत बिहार मोतिहारी जिल्ला सितलपटी बस्ने सुनिल साह रहेको प्रहरीले जनाएको छ ।उनीहरुको साथाबाट ८९ किलो गाँजा बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गाजा ओसार्नमा प्रयोग गरिएको बीआर २८ जी २७७७ भारतिय नम्बरका जिप नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक राठौरले बताए ।

 

https://www.facebook.com/dhruba.shah.1/videos/2323211024423648/

Back to top