×

चिरञ्जीवी यादव, वीरगन्ज १४ साउन । पर्साको सखुवाप्रसौनी गाउपालिकाको वाड नम्बर ५ महुवन बजारमा दुई जना मोबाइल चोर पक्राउ परेका छन ।बजारमा हटिया गर्न आउने मान्छेहरुको मोबाइल चोरी गरी बिक्री बितरण गर्ने गरेको मोबाइल चोरहरुले बताएका छन ।

चोरी गर्ने चोरहरु पलानवा थाना पुर्बी चम्पारण बिहार पिपरिया बस्ने राजुराय नट नेटुवा र पलनवा पुर्बी चम्पारण भारत बिहार अन्न्दिगज बस्ने धिरज कुमार राय नट नेटुवा रहेका हुन ।

राजुराय र धिरजले भारतबाट मोटरसाईकलमा आई पर्साको सखुवाप्रसौनी गाउपालिकाको वाड नम्बर ५ महुवन बजारमा मोबाईले चोरी गर्ने गरेको महुवनका प्रहरी सहायक निरिक्षक राजकुमार बिकले बताए ।

प्रहरीले मोबाईल चोर राजुराय र धिरज चढेको BR 0 5 T -8594 नम्बरको भारतिय मोटरसाइकललाई पनि नियणत्रमा लिएको जनाएको छ । उनिहरुलाई आवश्यक अनुशन्धानको लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुशन्धान भैरहेको प्रहरी निरिक्ष मच्छेन्द्र बाबू केसीले बताए ।

Back to top