×

काठमाडौं १४ साउन । नेपालमा अवैधानिक गतिविधिमा संलग्न रहेका २ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिक सोहेल फिरोज र खासिफ पर्वेज छन् । उनीहरुलाई अहिले अध्यागमन विभागको हिरासतमा राखिएको जनाइएको छ ।अध्यागमन विभाग स्रोतका अनुसार उनीहरुलाई अहिले पाकिस्तान डिपोर्ट गर्ने तयारी भइरहेको छ । अध्यागमन विभागले गुपचुप रुपमा उनीहरुलाई पाकिस्तान डिपोर्ट गर्ने तयारी गरेको हो ।

 

पक्राउ परेका पाकिस्तानी नागरिकहरु नेपालमा कस्तो प्रकारको गैरकानूनी कार्यमा संलग्न थिए भन्ने विषय खुलाइएको छैन । यद्यपि अध्यागमन विभागले भने २ जना पाकिस्तानी नागरिक पक्राउ परेका पुष्टि गरेको छ ।

Back to top