पर्सा र बारा जिल्लामा विगत भन्दा अहिले शान्ति सुरक्षा प्रभावकारी – गोपाल केडिया

187

वीरगन्ज १३ साउन । पर्सा र बारा जिल्लामा विगत भन्दा अहिले शान्ति सुरक्षा अवस्था प्रभावकारी रहेको भन्दै आज वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र उपाध्यक्ष अनिल कुमार अग्रवालले नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाई वहाको कार्यकक्षमा भेटी वहालाई धन्यवाद दिएका छन् । विगत भन्दा अहिले पर्सा र बारा जिल्लामा शान्ति सुरक्षा प्रभावकारी रहेको भन्दै अध्यक्ष केडिया र उपाध्यक्ष अग्रवालले नेपाल प्रहरी महानिरिक्षक खनालको कार्यकक्षमा गई धन्यवाद सहितको पत्र वीरगन्ज उधोग वाणिज्य संघका तर्फबाट दिएका हुन ।

 



पर्सा र बारा जिल्लामा अहिले रहेको जस्तै शान्ति सुरक्षालाई निरन्तरता दिन अध्यक्ष केडियाले प्रहरी महानिरिक्षक खनाललाई आग्रह गरेका छन ।