×

वीरगन्ज १२ साउन । १२ वर्षीय एक नाबालकको शव झुण्डिएको अवस्थामा भेटिएको छ।

पर्साको ठोरी गाउँपालिका-३ बुद्धनगर बस्ने छत्र बहादुर खडकाको १२ वर्षीय छोरा राज खडकाको शव झुण्डिएको अवस्थामा फेला परेको हो।

नाबालक खडकाले आफ्नै घरको माथिल्लो कोठाको बलोधुरीमा सलको पासो लगाइ झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले घटनास्थल लास जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल ल्याइएको छ। यस्तै घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Back to top