अधिकृत, लेखापाल र वडाअध्यक्ष लालबाबु बिच मिलापत्र, १३ स्थानीय तहको आन्दोलन समाप्त

291


बीरगंज ९ साउन । गत साउन ५ गते सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अखिलेश सहनी वडा नम्बर ६ का वडाअध्यक्ष लालबाबु यादवसहितको समूहले हातपात र दुव्र्यवहारको कुरा आज जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा मिलापत्र भए पछि जारी स्थानीय तहको कर्मचारी आन्दोलन समाप्त भएको छ भने कर्मचारीहरु आजैदेखि नै नियमित काममा फर्केका छन ।

नियम बिपरितका कामको भुक्तानी नदिइने, कर्मचारीहरुलाई कुनैपनि असुरक्षाको अवस्थाको सृजना हुन नदिेने, गाउँपालिकाको अध्यक्षले सबै कर्मचारीको सुरक्षाको जिम्मेवारी लिने सहमति पत्रमा हस्ताक्षर भएपछि जारी आन्दोलन हालको लागि स्थगित भएको हो ।

यस अघि पर्सा जिल्लाका अधिकांस स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको बीचमा भएको बार्ता बारम्बार जिल्ला प्रहरी कार्यालय पर्सामा असफल भएपछि प्रहरी उपरीक्षक सुमेन्द्र सिंह राठौरकोको बिशेष पहलमा दुबै तर्फका ५÷५ जना प्रतिनिधीको बीचमा बार्ता भएपछि सहमति बनेको हो ।

बार्तामा पहिला पर्साका राजनीतिक दलका स्थानीय नेताहरुको समेत सहभागिता रहेको भएपनि त्यसले पनि निक्र्यौल निकाल्न सकेको थिएन ।



कर्मचारीहरुको तर्फबाट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष अमित गिरिले बार्ताको नेतृत्व गर्नुभएको थियो ।
श्रोतका अनुसार भाग भण्डाको कुरा न मिलेको निहुँमा वडाअध्यक्ष यादव, उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण यादव सहितका ६ र ७ जना व्यक्तिले टाटासुमो बाटोमै रोकेर कुटपिट गरेका थिए ।