×

वीरगंज, ८ साउन । नेपाल प्रहरीको प्रहरी महानिरिक्षक पदमा आसिन भएपछि संगठन भित्रको किरा धमिरा टिपेर फाल्छु भन्दै अर्न्तवार्ता दिएर चर्चामा आएका सर्वेन्द्र खनालको पालामा किरा धमिराहरु नै तर’ मारेर बसिरहेको तथ्यहरु बाहिर आइरहेका छन् ।आई.जी.पी. सर्वेन्द्र खनालाको आर्शिवादमा तर’ मारिरहेका किरा धमिराहरुको लामो सूचि अंकुशसंग भएतापति अहिले मकवानपुर इप्रका पशुपति नगरमा तर’ मारेर बसिरहेका प्रहरी निरिक्षक अरुण कुशवाहाको यहाँ चर्चा गरिदैछ ।

 

आइजीपी खनालको आर्शिवाद प्राप्त कुशवाहाले मारेको तर’ को परिणाम मुनलाईट स्कुल नजिकै उनले बनाउन थालेको घरबाट पुष्टि हुन्छ । सर्वेन्द्र खनालको अत्यन्त विश्वास प्राप्त रहेका कुशवाहाले आफु भन्दा सिनियर अधिकृतहरुलाई टेर्दैनन् ।

धनुषाको इप्रका महेन्द्रनगरमा कार्यरत हुंदा यिनको यही व्यवहारको कारण तत्कालिन डिआईजी हरि पालले कुशवाहामाथि कारवाही गरेका थिए । सर्वेन्द्र खनाल धनुषा जिल्लाको प्रहरी प्रमुख हुंदा पनि अरुण कुशवाहालाई इप्रका महेन्द्र नगरको १३ महिना इन्चार्ज बनाएर राखेका थिए । आइजीपी भएपछि इप्रका महेन्द्रनगर मै उनलाई किन पठाए ? यसको उत्तर स्पष्ट छ ।

डिआइजी हरि पालले कारवाही गरेको अरुण कुशवाहालाई आइजीपी खनालले पुरस्कृत गरेर किन मकवानपुरको पशुपति नगरमा पठाएका छन् । त्यसको उत्तर पनि खोजी रहनु पर्ला जस्तो लाग्दैन । पर्सामा नारायणी अञ्चलको प्रमुख भई कार्यरत रहदा तत्कालिन वरिष्ठ प्रहरी उपरिक्षक खनालले कुशवाहालाई आफ्नो घुमुवाको रुपमा राखेका थिए ।

६७ हजार ४ सय १६ जना जनशक्ति रहेको यो संगठनको मुखियाले सबैसंग त न्याय नगर्न सक्ला तर एउटा अनुशासनहीन व्यक्तिलाई पटक–पटक पुरस्कृत गर्नुको पछाडी उसको व्यक्तिगत स्वार्थ छैन भनेर पत्याउन गाह्रो भएको एक बुद्धिजीवीले आफ्नो अनुभव सुनाउंदै पक्का चेलाहरुले मात्र गुरुबाट यस्तो आर्शिवाद प्राप्त गर्ने गरेको बताए ।श्रोत अकुश दैनिकबाट

Back to top