स्थानीय तहको काममा कमिसन नपाए पछि पर्साका कर्मचारीको दादागिरी १३ स्थानीय तहको कामकाज ठप्प

299

वीरगन्ज ८ साउन । सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अखिलेश सहनीलाई गत आइतबार वडा नम्बर ६ का वडाअध्यक्ष लालबाबु यादवसहितको समूहले हातपात र दुव्र्यवहार गरे पछि पर्साका स्थानीय तहका कर्मचारीहरु पनि दादागिरी देखाएका छन ।

जनताका करबाट तलब खाएका सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अखिलेश सहनी अहिले कानुनी बाटो न अपनाई दादागिरी देखाउदै उनि संगै पर्साका १३ स्थानीय तहको कार्यालयका कर्मचारीहरु कामकाज ठप्प पारेका छन । गत सोमबारदेखि स्थानीय तहका कार्यालयको काम ठप्प पारेर कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।



सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अखिलेश सहनीलाई गत आइतबार वडा नम्बर ६ का वडाअध्यक्ष लालबाबु यादवसहितको समूहले हातपात र दुव्र्यवहार गरेका थिए ।

त्यसैको विरोधमा १३ वटै स्थानीय तहका कर्मचारी कार्यालयको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएको बताएका छन् । जिल्लामा रहेका १४ स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिका बाहेक १३ स्थानीय तहका कर्मचारी कामकाज बन्द गरेर आन्दोलनमा उत्रिएको जीराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बताए ।

सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अखिलेश सहनीमाथि हातपात गर्ने वडा अध्यक्षसहितका व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिइ कारबाही नगरेसम्म आफूहरु काममा नफर्किने गिरीले बताए ।

वडाअध्यक्षले यादवलाई पुरानो मितिमा आफ्नो वडामा उपभोक्ता समितिमार्फत जडान गरिएको सडक बत्तीको दुई लाख रुपैयाँको भुक्तानी गर्न दबाब दिएका थिए तर प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अखिलेश सहनीले आफनो पनि भाग खोजेकोले विबाद भएको कार्यालयको एक कर्मचारीले बताएका छन ।

श्रोतका अनुसार भाग भण्डाको कुरा न मिलेको निहुँमा वडाअध्यक्ष यादव, उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण यादव सहितका ६ र ७ जना व्यक्तिले टाटासुमो बाटोमै रोकेर कुटपिट गरेका हुन ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने पीडित पक्षबाट अहिलेसम्म जाहेरी नपरेका कारण आरोपितलाई पक्राउ नगरिएको बताए ।