×

काठमाडौं ५ साउन - मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।

मौसमविद मञ्जु बासीले भनिन्, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।

यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ । यो रेखा सोमबार नेपाल भित्रिने र मंगलबार भारी वर्षा हुने मौसमविदको भनाइ छ ।

‘भोलि केही स्थानमा र पर्सि देशैभर डिस्टर्ब हुन्छ,’ मौसमविद बासीले भनिन् ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

Back to top