×

संजय सहनी,रौतहट ५ साउन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बाढीको पानीको निकासको समस्या भारत र नेपाल दुबै छिमेकी राष्ट्रले मिलेर सामाधान गर्नुपर्ने बताएका छन् ।

आईतवार रौतहटको सदरमुकाम गौर–बैरगनिया सिमा क्षेत्रको दशगजा क्षेत्रमा बाढीले कटान गरेको बाधको निरिक्षण गर्दै नेता महतोले भारतिय सिमा क्षेत्रमा बाधिएको बाधले नेपाली गौरबासी डुब्ने र भारतिय बैरगनिया बासी बगाउने हुनाले यो जटिल समस्याको सामाधान गर्न दुबै पक्ष गम्भीर भई लाग्नुपर्ने बताए ।

भारत संग नेपालको बेटी–रोटीको सम्बन्ध भएकोले यो डुबानको समस्यालाई दिर्घकालीन रुपमा सामाधान गर्न कुटनितिक पहल र आपसी समझदारीले ठूलो भूमिका खेल्ने बताए । यो दुबै देशको सामुहिक समस्या भएकोले सामुहिक रुपमा समस्याको हल गर्न पहल थालिनुपर्ने महतोको भनाई थियो ।

प्रतिनिधी सभाको राज्य व्यवस्थाको तर्फबाट प्रदेश नं.२ को मोरङ्ग देखि रौतहट र पर्सा सम्मको जिल्लामा स्थलगत निरिक्षण गर्दै आएका धनुषा क्षेत्र नं.३ को सांसद समेत रहेका महतो बाढी पिडितको अवस्था देखेर आफू मर्मा्हित भएको बताए । बाढीबाट प्रभावित क्षेत्रमा ठूलो क्षति भएको देखियो, टोल टोलमा बस्तीहरु, बाधहरुको पुर्न्निर्माण गर्नुपर्ने देखिएको छ, यसप्रति हामी गम्भीर छौं महतोले थपे ।

महतोले रौतहटमा लालबकैया, बाग्मती, झाझ नदीले ठूलो क्षति गरेको छ र उदार राहत साथै प्राकृतिक निकासको लागि उचित व्यवस्था के हुन सक्छ जनता, प्रहरी, जनप्रतिनिधी सहित विभिन्न निकाय संग बुझने कोसिस गर्दैछौ र पाईएको सबै समस्या बारे सरकारलाई प्रतिवेदन मार्फत अबगत गराउने बताए । निरिक्षण क्रममा जिल्ला समन्वय समितिका उपसभापति रामबष्सिट राय यादव, गौर नगरपालिकाका मेयर अजय गुप्ता, देवही गोनाहि नग।पालिकाका मेयर धमेन्द्र पटेल, प्रशासनिक निकायका प्रमुख, वडा अध्यक्ष शेख जमसैद, राकेश झा सहित सयकडौंको सहभागिता रहेको थियो ।

Back to top