×

वीरगञ्ज, ५ साउन । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेर निजी क्षेत्रले पछिल्लो समयमा भोगेका समस्या समाधानका लागि आग्रह गरेका छन् । आज अर्थमन्त्री डा. युवराज खतिवडा र निजीक्षेत्रका संस्थागत प्रतिनिधिबीच छलफलका क्रममा केडियाले यस्तो आग्रह गरेका हुन् ।

सरकारी कदमको विरोधमा निजीक्षेत्र आन्दोलनमा उत्रिएपछि सरकारले छलफलमा बोलाएको थियो ।

यसअघि आजै वीरगन्जका व्यापारीहरुले साउन १ गतेबाट सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा विरोध प्रदर्शन गरेका थिए ।

विरगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारीहरुले आइतबार जुलुस र प्रदर्शन गरेका हुन् ।

संघको कार्यालय परिसरबाट शुरु भएको बिरोध जुलुस नगरको परिक्रमा गर्दै घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।

Back to top