नयाँ कर नीतिको विरोधमा वीरगन्जका व्यापारी सडकमा

1503

वीरगन्ज ५ सावन । सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा वीरगन्जका व्यापारीहरुले आईतबार विरोध ¥याली निकालेका छन् । उद्योग वाणिज्य संघ वीरगन्जको अगुवाइमा निकालिएको विरोध ¥यालीका सहभागीले वीरगन्ज महानगरपालिको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरेका थिए ।

वीरगन्जको उद्योग वाणिज्य संघको कार्यालयबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडीयाले बताए ।



आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ ।नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गरिनुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष केडीयाले बताए ।
वीरगन्जका व्यापारीहरुले आईतबार विरोध ¥यालीमा वीरगन्ज ट्रान्सपोर्ट एसोसिएसनको पनि सहभागीता रहेको थियो ।