कमिशनको ५० लाख पचाउन राजेन्द्र खतिवडाले गरे आफ्नै भाईको मिडिया दुरुपयोग

457

वीरगन्ज ५ साउन । सघन शहरी तथा भवन निर्माण आयोजना वीरगञ्जका प्रमुख राजेन्द्र खतिवडा आफ्नो अनियमितताको पोल खुल्न थालेपछि मिडिया दुरुपयोगमा उत्रिएका छन् । वीरगञ्जका विभिन्न स्थानमा सडक निर्माणको ठेक्काअन्तर्गत ठेकेदार कम्पनीले पेश गरेको बील भुक्तानी नगरी कमिशन लिएर रौतहटको निर्माण कम्पनीलाई नियमविपरीत भुक्तानी दिएको रहस्य पर्दाफास भएपछि उनले बचाउका लागि केही पत्रपत्रिका र आफ्नै सहोदर भाई विदुर खतिवडा प्रमुख रहेको एउटा अनलाईनमा झूठो समाचारको खेती गरिरहेको पाइएको छ ।

वीरगञ्जका विभिन्न १७ खण्डमा भइरहेका सडक निर्माणको प्राविधिक परीक्षणसहित पेश भएको बीललाई बाइपास गरेर रौतहटको आश्रय निर्माण सेवालाई १० करोड रुपैयाँ भुक्तानी गरेको तथ्य बाहिर आएको थियो ।

उनको आफ्नै भाईको सञ्चालक रहेको अनलाइन



प्रमुख खतिवडाले मोटो कमिशन लिएर नियमविपरीत रौतहटको ठेकेदारलाई भुक्तानी गरेको स्वयम् उनीमातहतका कर्मचारीहरु नै बताउँछन् ।

स्वच्छन्द पप्पु युनाईटेड जेभीको ६ करोड रुपैयाँको बील भुक्तानी नदिएर सो योजनाको रकम रौतटहटको निर्माण कम्पनीलाई दिएको बताइएको छ ।

सो वापत उनले ५ प्रतिशतका दरले ५० लाख रुपैयाँ कमिशन बुझेको तथ्य बाहिर आएपछि उनी पैसाको बलमा आफूनिकट पत्रकारलाई दुरुपयोग गरेर विषयलाई मोड्न खोजिरहेको खतिवडाको कमिशनमुखी चालाबाट प्रताडित उनको कार्यालयका कर्मचारीहरु बताउँछन् ।

 अनलाइन मिडियाको भाई सि.ओ.

उनले आफ्नै भाई सञ्चालक रहेको एउटा अनलाइनमा निर्माण कम्पनीका बारेमा भ्रामक समाचार लेखाएर आफ्नो भ्रष्टाचारको विषयलाई छोपछाप गर्ने प्रयत्न गरे पनि विभागीय अधिकारीहरु उनलाई कारवाही गर्ने पक्षमा भएको बुझिएको छ ।

स्रोतका अनुसार एउटा योजनाको रकम अर्को योजनामा दिँदा कार्यालय प्रमुखले उठाएको टिप्पणी विभागले स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसअघि नै खतिवडाको भ्रष्टाचारको पोल खुलेपछि उनी अप्ठेरोमा परेका छन् । यो प्रकरणलाई मिलाउन उनी कमिशनवापत बुझेको रकमको बिटो लिएर विभागमा धाउन पुगेका छन् ।

दशैंको बेला दाई भाईको संगै खिचाएका तस्वीर

तर, अनियमितताको विषय उजागर भइसकेकाले विभागका अधिकारीहरु यो विषयमा पन्छिने मनस्थितिमा रहेको स्रोतले बतायो । यो अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो राखेको जानकारी प्राप्त भएको छ ।