×

वीरगन्ज ४ साउन । वीरगन्जको रेल्वे रोडमा स्थित हनुमान मन्दिर नजिकै रहेको न्यू नेपाल गोल्डेन फिटनेश जीम क्लबले शनिबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन ।

क्लबले सामुदायिक प्रहरी साझेदारी ईलाका प्रहरी कार्यालय नगवाको सहकार्यमा वीरगन्ज १६ नगवा स्थित श्री बौद्धीमाई मन्दिर प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका हुन ।

रक्तदान गर्नेका ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी सहायक निरिक्षक राकेश साह, प्रहरी हवल्दार मोहमद असलम हुसैन, सोनालाल प्रसाद यादव, जटांशकर गुप्ता, प्रहरी जवान पुरुषोत्तम यादव, क्लबका अध्यक्ष दिनानाथ साह कानु, गुडडु हुसैन, सुरज राज शर्मा, चन्देश्वर प्रसाद चौरसिया लगायतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको उदघाटन राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजेशमान सिंहले गरेका थिए । कार्यक्रमको उदघाटन गर्दै महासचिव सिंहले रक्तदानले कसैको जीवन बचाउँन सकिने भएकोले खुलेर रक्तदान गर्न युवाहरुलाई आह्वान गर्नुभयो ।

उनले भने, हामीमा भ्रम छ, रक्तदान गर्नाले शरीरमा कमजोरी हुने, विरामी पर्ने त्यो सरासर गलत त्यस्तो भ्रममा नपनुस् रक्तदान जीवन हो यसमा सम्पूर्ण समाजको सहभागिता हुन आवश्यक छ ।

खास गरी समाजमा रहेका मधेशी युवाहरु पनि रक्तदान जस्ता पुन्य काम गरी अगाडी बढ्न आग्रह गर्दै शरीरमा रहेको रगत ९० दिन भित्र कुनै न कुनै प्रकारको काम नलाग्ने हुने भएकोले आफूलाई समेत स्वस्थ राख्न पनि रक्तदान गर्न आवश्यक छ उनले भने ।

रक्तदान कार्यक्रममा सहभागिता रक्तदाताहरुलाई आयोजक संस्थाले प्रमाण पत्र समेत उपलब्ध गराएर सम्मान गरेको थियो । कार्यक्रमका संयोजक क्लबका अध्यक्ष दिनानाथ साहले रक्तदान कार्यक्रममा सहभागिता जनाई कार्यक्रमको शोभा बढाई सहयोग गरिदिएकोमा राजपाका महासचिव सिंह, ईप्रका प्रसनी राकेश साह, जिमर करण यादव, रक्तसंचार केन्द्र वीरगन्जका ईन्चार्ज शौरभ पाण्डे लगायतलाई टोकन अफ लव प्रदान गरी सम्मान समेत गरेको थियो ।

Back to top