×

वीरगन्ज ३ सावन । आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज सुनसान देखिएको छ। यातायात व्यवसायीले आ–आफ्नो मालबाहक सवारी साधन थन्काएर बुधबारदेखि आन्दोलन सुरु गरेपछि वीरगन्जको आर्दशनगर पूरै सुनसान देखिएको छ।

आर्दशनगर एरियामा करिब ४० वटा खुद्रा ढुवानी व्यवसायीका दैनिक १५० मालबाहक सवारी साधन ढुवानी हुने गरेका छन्। तर, साउन १ गते सरकारले लागु गरेको ढुवानी सेवामा लगाएको vat र लेबर कर्मचारी लाइ लगाएको p.pan को विरुद्ध आ आफ्नो ब्यापार बन्द गरेका हौ

ढुवानी सेवामा लगाएको vat र लेबर कर्मचारी लाइ लगाएको p.pan को विरोधमा व्यवसायीहरू आन्दोलित भएपछि वीरगन्जको आर्दशनगर पूरै एरिया सुनसान भएको हो।

व्यवसायीको आन्दोलनले गर्दा वीरगन्ज भन्सार, ड्राइपोर्ट र एकीकृत चेकजाँच चौकीमा समेत ढुवानी सेवा प्रभावित भएको छ। व्यवसायीहरूको बन्दले लोड अनलोड हुने सम्पूर्ण सेवा नै पूर्ण रुपमा ठप्प भएको छ। दैनिक अर्बौको सामान ओसार पसार हुने स्थानमा अहिले एउटा रिक्सा समेत चल्न सकेको छैन्।

सरकारको निर्णयले गर्दा व्यवसाय नै धरापमा पर्ने भएकोले स्वतस्र्फुत आफ्नो व्यवसाय बन्द गरेको आर्दशनगर क्षेत्रमा संचालनमा ओम साई क्यारियर्सका संचालक सनोज यादवले बताए।

उनले भने, ‘सरकारले सामान तस्करी रोक्ने बहानामा मालबाहकप्रति राजस्व थोपर्ने, प्राविधिक झमेलामा पार्ने काम गरेको छ। सरकारले निर्णयले सर्वसाधारण जनतामा पनि आर्थिक भार हुन्छ, उनीहरूमाथि कर थुपार्ने काम भइरहेको छ, त्यसैले सरकारले आफ्नो निर्णय सच्याउनुपर्छ।’

ढुवानी भाडामा भ्याट प्रभावकारी नहुने अर्का ढुवानी व्यवसायी हरिन्द्र साह तेलीले बताए। उनले भने, ‘एउटा ट्रान्सपोर्टमा ५० देखि ६० वटा विल्टी हुने गरेको छ। प्रत्येक विल्टीबाट १ हजारदेखि ५ हजार भाडा उठने गरेको छ। यसलाई मिलाउन जटिल समस्या छ र यसको आर्थिक भार आम जनताको टाउँकोमा थुपार्ने काम भएको छ।’

उनले सरकारलाई यो निर्णय तुरुन्त फिर्ता लिन आग्रह गरे। यदी सरकारले निर्णय फिर्ता नलिए ढुवानी सेवा पूर्ण रुपमा बन्द रहने र यसबाट पर्ने असर सरकार आफैले लिनुपर्ने बताए। सरकारको निर्णयविरुद्ध यातायात तथा ढुवानी व्यवसायीसँगै यसमा कार्यरत मजदुर समेत आन्दोनमा उत्रिएका छन्।

Back to top