सांसद प्रदीप यादवले दिए बाढी पिडितहरुको राहत स्वरुप ५५ हजार चेक

90


वीरगन्ज ३१ असार । समाजबादी पार्टी नेपालका पर्साका जिल्ला अध्यक्ष एवंम पर्सा क्षेत्र न. १ का सांसद .प्रदीप यादवले बाढी पिडितहरुको राहत स्वरुप आफनो एक महिनाको तलबको रकम आज जिल्ला बिपत्त व्यवस्थापन समितिका अध्यक्ष एवम पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई हस्तांतरण गरेका छन ।

लगातारको अविरल वर्षाका कारण पर्सा लगायत पुरै देशमा भएको ठुलो जनधनको क्षती प्रती गहिरो दुख व्यक्त गर्दै ५५ हजार २ सय तिस रुपैयाको चेक जिल्ला बिपत्त व्यवस्थापन समितिका अध्यक्ष एवम पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई हस्तांतरण गरेका हुन ।

यस प्राकृतीक विपदाको घडीमा सबै सहयोगी हाथहरुलाई बाढी पिडीतहरुको लागी आ—आफनो ठाउहरुबाट झन सहयोग गर्न आग्रह समेत गरेका छन ।

आफनो धन माल सबै गुमाई सकेका बाढी पिडीतहरुलाई अहिले तत्काल राहतको आवश्यक्ता रहेकोले स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारले पनि यथा सिर्घ राहतको व्यवस्था गर्न समेत सम्बन्धीत निकायको ध्यानाकषर्ण गराएका छन ।