×

वीरगञ्ज, ३० असार । विश्वकप क्रिकेटको नाममा सट्टाबाजी खेलाईरहेका दुई जनालाई वीरगञ्जबाट पक्राउ गरिएको छ ।

आईतबार दिउँसो ४ बजे माईस्थानबाट आईसिसि विश्वकपको फाईनल खेलका लागि सट्टाबाजी खेलाउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं ७ बस्ने ३१ वर्षिय आशिष कुमार वर्णवाल र वडा नं १९ बस्ने २१ वर्षिय निरज तिवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेकाहरु माथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Back to top