एक महिनाको तलब दिए सासद यादवले पर्सा जिल्ला बाढी पिडीतहरुलाई

204

वीरगन्ज ३० असार । लगातारको अविरल वर्षाका कारण पर्सा लगायत पुरै देशमा भएको ठुलो जनधनको क्षती प्रती गहिरो दुख  व्यक्त गर्दछु ।बाढी पिडीतहरुलाई चाहिने सहयोगमा अझ थप सहयोग प्रदान होस भन्ने इच्छाका साथ  पिडितहरुको राहत  स्वरुप आफनो एक महिनाको तलब पर्सा जिल्ला विपद्ध व्यवस्थापन समितीको राहत कोषमा जम्मा गर्ने घोषणा  यसै विज्ञप्ती मार्फत  सबैमा जानकारी गराउन चाहन्छु ।

यस प्राकृतीक विपदाको घडीमा सबै सहयोगी हाथहरुलाई बाढी पिडीतहरुको लागी आ—आफनो ठाउहरुबाट झन सहयोग गर्न आग्रह समेत गर्न चाहन्छु ।



आफनो धन माल सबै गुमाई सकेका बाढी पिडीतहरुलाई अहिले तत्काल राहतको आवश्यक्ता रहेकोले स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारले पनि यथा सिर्घ राहतको व्यवस्था गर्न समेत सम्बन्धीत निकायको ध्यानाकषर्ण गराउन चाहन्छु ।