रानीघाटको पुल तल जमेको जलकुम्भी पातका कारण सहज पानीको निकास नभएकाले वीरगन्ज डुबानमा

701

वीरगन्ज २७ असार । चार दिनदेखि लगातार परिरहेको वर्षाको कारण पर्साको सदरमुकाम वीरगन्ज र ग्रामीण भेगका दर्जनभन्दा बढी गाउँहरु डुबानमा परेका छन् ।

निरन्तर परिरहेको वर्षाले वीरगंज महानगरको रानीघाट पुलमा तल जलकुम्भी पात जमेकाले पानीको सहज निकास नभएका कारण वीरगन्ज डुबानमा पर्ने सम्भावना वढेको छ ।
वीरगंज महानगरको रानीघाट पुलमा जलकुम्भी पात जमेको कारण श्रीपुर, राधेमाइ, रामगढवा, चिनी मिल आवास क्षेत्र डुबानमा परेका छ ।



अहिले राती नै वीरगंज महानगरले जलकुम्भी पात ननिकाले रात भरी वर्षा भए श्रीपुर, राधेमाइ, रामगढवा, चिनी मिल आवास क्षेत्र संगै  वीरगन्जको अन्य क्षेत्र डुबानमा पर्ने समभावाना बडेको स्थानिय शिवपुजन कलवारको भनाई रहेको छ ।