बाराको पचरौता नगरपालिकाका दुई कर्मचारी घुससहित पक्राउ

149

वीरगन्ज २५ असार । जिल्लाको पचरौता नगरपालिकाबाट २ कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा योजना शाखाका नासु बद्रीबहादुर थापा र ईन्जिनियर रामप्रकाश सत्तरा छन् । अख्तियारको हेटौंडास्थित क्षेत्रिय कार्यालयबाट खटिएको टोलीले थापा र सत्तरालाई २९ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।



नासु थापाले सेवाग्राहीसँग योजनाको भुक्तानी टिप्पणी उठाए वापत १४ हजार रुपैयाँ र ईन्जिनियर सत्तराले सेवाग्राहीसँ योजना अनुगमनमा सही गरेवापत १५ हजार रुपैयाँ लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको अख्यिार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ।