×

वीरगन्ज २२ असार । वीरगञ्ज महानगरपालिकाको मुख्य सडक २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सडक विभागले वीरगञ्जको मुख्य सडक २५÷२५ मिटर दायाँ बायाँ फराकिलो पार्ने काम सुरु भएको हो ।

विभागले सडक अतिक्रमण गरि बनाइएका घर टहराहरु हटाउन जारी गरेको १५ दिने सूचनाको म्याद शनिबार सकिएपछि सडक फराकिलो पार्ने प्रक्रिया अघि बढाएको हो ।

विभागले आइतबारबाट वीरगञ्जको मुख्य सडकको दायाँ बायाँ २५/२५ मिटरसम्मको सडकमा नापी नक्सा गरि चिन्ह लगाउने काम सुरु गरेको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

यता सिमर ,जितपुर र परवानीपुर पछिवीरगञ्जको चिनिकारखाना नजिका घर भतकाउने काम सुरु भईरहेको र भतकाउदै वीरगन्जको बजार सम्म जाने डिभिजन सडक कार्यालय हेटौंडाका सूचना अधिकारी अधिकारीले बताए ।

Back to top