भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आफ्नो संसदीय कोष रकमबाट विद्यार्थीलाई दिनुभयो स्कूटर

574

वीरगन्ज २२ असार । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आफ्नो संसदीय कोष रकमबाट विद्यार्थीलाई दिनुभयो स्कूटर वितरण गरेका छन ।

मन्त्री सोनलले आफनो संसदीय विकास कोषबाट बारा क्षेत्र नम्बर-४ मा रहेको उच्च माविका छात्राहरुलाई साइकल वितरण गरेका हुन्।



बाराको फेटा गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय माविको प्राङणमा आइतबार कार्यक्रमको आयोजना गर्दै उनले उच्च माविमा अध्यनरत रोल नम्बर १ देखि भएका ७५ जना जेहेन्दार छात्राहरुलाई साईकल बितरण गरेका हुन।

सोही कार्यक्रममा मन्त्री सोनलले कक्षा ६ मा अध्यनरत एक दलित अपाङ छात्रलाई तीन पाङ्ग्रे स्कुटी समेत प्रदान गरेका थिए। गर्मीको मौसमलाइई मध्यनजर गर्दै विद्यालयको लागि २ सय थान सिलिङ पङ्खा पनि मन्त्री सोनलल कार्यक्रममा वितरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सनोनलले सन्तुलित विकासको लागि भौतिक विकासको साथसाथै मानवीय विकास आवशयक रहेको कुरामा जोड दिए। ‘सन्तुलित विकासको लागि भौतिक विकासको साथसाथै मानवीय विकास पनि आवशयक छ’,मन्त्री सोनलले भने, ‘शिक्षा मानवीय विकासको प्रमुख आधार भएकोले यसको विकास गर्न कुनै कसर बाँकी राख्दैनौ।‘शिक्षा मानवीय विकाशको प्रमुख आधार भएकोले यसको विकासमा आफूले कुनै कसर बाँकी नराख्‍ने प्रतिवद्धता मन्त्री सोनलले व्‍यक्त गरे। उनले विकास निर्माणका कार्यहरुमा स्थानीयलाई अवरोध नगर्न पनि कार्यक्रममा आग्रह गरेका थिए।