×

बीरगंज २१ असार । ईन्सेक पर्साले जिल्लामा गएको ६ महिनाको मानव अधिकारको स्थितिको बारेमा गोष्ठीको आयोजना गर्दै अवस्था सार्वजनिक गरेको छ ।गएको ६ महिनाको अवधिमा रौतहटमा बहुविवाहका ४ घटना, यौन दुव्र्यवहारका १, कर्तब्य ज्यानका ६ , बलत्कार १७, अपहरण, शरीर बन्धक ४, माव बेचबिखन ३ गर्भ पतन २ समेत जम्मा ३९ ओटा मानव अधिकार उल्लंघनका घटनाहरु भएको जिल्ला प्रतिनिधि के.सी.लामिछानेले जानकारी दिए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मानव अधिकारको वहालीका लागि राज्यका संयन्त्रहरु सम्बेदनशील हुनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले आफनो दायित्व पुरा गर्नु पर्नेमा जोड दिए । उनले दायित्व पुरा जाहाबाट गरिन्छ त्यहीबाट अधिकारको सृजना भएर त्यो आपूर्ती समेत हुने बताए ।

उनले अपराधीको मनोवल बढ्न दिन नहुने भन्दै कतिपय कुरामा प्रशासनीक संयन्त्रमा पनि सुधार ल्याउनु पर्ने खाँचो औल्याए । उनले अपर।ाधीक घटनाहरु मेलमिलापको नाममा टुङ्गोमा पुग्न नहुने भन्दै नागरिक समाजले यस्तो बिषयमा निगरानी राख्नु पर्नेमा जोड दिए ।उनले अदालतमा सबै प्रकारका मुद्धाहरु जानु पनि उचित नभएको बिचार ब्यक्त गरे ।

अदालतमा सबै प्रकृतिका मुद्धा जादा गम्भिर प्रकृतिका मुद्धामा ध्यान पुग्न नसकेको हो की भन्ने आफूलाई लागेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले इन्सकेले अभिलेखीकरण गरेको भन्दा बढी घटनाहरु समाजमा रहेको चर्चा गरे । उनले मानव अधिकारवादीहरु स्थानीय प्रशासनको साखुल्ले हुन नहुने उनले सुझाए ।

महिलाको प्रयोग गरेर प्रतिशोध लिने गरि बलात्कारको आरोप लगाउने घटनाहरु पनि प्रकाशमा आएको चर्चा गर्दै नेपाल बार एशोसिएशन पर्साका पूर्व सचिव हरेराम सर्राफले प्रहरीलाई सम्बेदनशील भएर अनुसुन्धान गर्न आग्रह गरे । महिलाको वालवालिकाको बिषयमा प्रहरी सम्बेदनशील छ यो कुरा ठिकै हो तर महिलालाई जोरजर्वजस्ती गरेर अमुक पुरुषलाई फसाउनु प¥यो भन्दै गलतकाम जनताका प्रतिनिधिबाट हुन लागेको प्रति पनि प्रहरी गम्भिर हुनु पर्ने उनले जोड दिए ।

 

अर्का अधिवक्ता एवं नेपाल मानव अधिकार संगठन पर्साका पूर्व अध्यक्ष कमल मोहन पोख्रेलले कर्मचारी तन्त्र मानव अधिकार प्रति अनुदार रहेको बताए । उनले बलात्कारजन्य अपराधमा आजको पुस्ता निर्दोष हुदा हुदै पनि जेल बस्नु पर्ने अवस्था देखिएको प्रति चिन्ता ब्यक्त गरे । उनले अनुसन्धानको कामलाई पनि जवाफदेहपूर्ण बनाउनु पर्नेमा जोड दिए ।

मानव अधिकार निगरानी समुह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा समग्र उधोग ट्रेड युनियनका गिता भण्डारी,मानव अधिकार रक्षक संजालका संयोजक प्रकाश थारु नेपाल मानव अधिकार संगठन पर्सा सचिव शिवनाथ यादव पत्रकारहरु महेशचन्द्र गौतम ,राधेश्याम पटेल रन्जु दाहाल बिमला गुप्ता लगायतले आफनो बिचार ब्यक्त गरेका थिए ।

Back to top