×

वीरगन्ज १४ असार । नगर र वडाको विकास निर्माणको काममा विलाशिता गाडी र मोटर साईकलको आवश्यकता नपर्ने भन्दै वीरगंज महानगरपालिकाले उपलब्ध गराएको सुविधाको मोटरसाईकल वडा नम्बर ५ का अध्यक्ष प्रदिप चौरसियाले बहिष्कार गरेका छन ।

वीरगंज महानगरपालिकाका ४० जना वडा अध्यक्ष तथा बोर्ड सदस्यहरु मध्य अधिकांशले सुविधाको नाममा १५० सिसिको प्लसर मोटरसाईकल र नगर प्रमुख विजय सरावगीले विलाशिता करिब २ करोडको मित्सुविसीको पजेरो गाडी लिएका छन ।

जनताको सेवा गर्ने आर्थिक रुपमा टाट पल्टिएको बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी सयर गर्नका लागी करिब २ करोडको मित्सुविसीको पजेरो खरिद गरिे इमान्दारिताको कम्बल आढेर घ्यु पिउने विकासको बजेट आफ्नो व्यक्तिगत विलाशिताका लागि खर्च गरि मोजमस्ती गर्दै लुट मचाउने पक्षको आफू विरोधी भएको बताउदै मेयर र वडा अध्यक्षलाई वडाको विकास निर्माण र समृद्धिका लागि विलाशिता गाडी,मोटरसाईकल नचाहिने चौरसिया भने ।

विगतमा वीरगंज महानगरपालिकाको वोर्ड वैठकले वडाको बजेट कटौती गरी मोटरसाईकल खरिद गर्ने निर्णय गरेको र त्यसको विरोधमा आफू उत्रिएपछि निर्णय सच्याईएको जानकारी दिदै वडा नम्बर ५ का अध्यक्ष चौरसियाले आफूसँग निजी मोटर साईकल रहेको र जनताको रगत पसिनाबाट उठेको करले मोटर साईकल चढने पक्षमा आफू नरहेको बताएका छन ।

हाल महानगरपालिका नगर प्रमुख सरावगीले आफू नभएकै समयमा राखेको बोर्ड वैठकले नगरस्तरीय योजना अन्तरगत मोटर साईकल खरिद गरेको समेत चौरसियाले खुलासा गरे ।

नगर प्रमुख सरावगीलाई विकासको बजेटबाट सवारी साधन तथा मोटर साईकल खरिद गरी जनप्रतिनिधिलाई दिने नगरवासीलाई लुटने छुट नभएको बरु मोटर साईकल दिने पैसाले वडा वडामा अहिले टेक्टर,एमवुलेन्स,दमकल जस्ता गाडी तथा अन्य उपकर्ण खरिद गरेको भए राम्रो हुने थियो वडा अध्यक्ष चौरसियाले भने ।

चौरसियाले सुविधाको मोटरसाईकल लिएका जनप्रतिनिधिहरुलाई आफ्नै तलब भत्ताबाट कट्टा हुने गरी लिन आग्रह गर्दै विकास निर्माणको बजेटबाट खरिद गरिएको विलाशिता गाडी र मोटरसाईकल चढने मेयर र वडा अध्यक्षलाई अब नगरवासीले नछाडने चेतावनी समेत दिए ।

Back to top