×

वीरगंज असार १४ - नेशनल मेडिकल कलेजले विरामीहरुको सुविधाको लागि बजार भन्दा औषधीको मुल्यमा ५० प्रतिशत कममा दिने र अपरेशनको लागि प्याकेज सुविधा लिएमा कुनै चिजको पछि पैसा नतिर्नु पर्ने नयाँ व्यवस्था सुचारु गरेको छ ।

कलेजले बिरामीहरुको समस्यालाई महसुस गर्दे अस्पतालको आफ्नै औषधीको फार्मेसी सुरु भएको डा.जैनुद्दीन अनसारीले बताउनु भयो ।

यसमा औषधीको कम्पनी संग सिधा सम्पर्क गरी सुपथ मुल्यमा औषधी खरीद गरी बजारमा विक्री हुने औषधीको लगभग ५० प्रतिशत कम मुल्यमा उपलब्ध गराउन सक्षम भएको र सर्जरी सामानहरु करीब हाल बजारमा पाउने मुल्य भन्दा ५० प्रतिशत कममा उपलब्ध गराउन सकिने आबिद अनसारीले बताउनु भएको छ ।

यो सुबिधामा अप्रेशन (शल्य क्रिया) गर्दा बिरामीको धेरै नै सुलभ र सस्तो मुल्यमा औषधी प्राप्त गर्न सकिने भएको छ । यस अस्पतालले प्याकेजमा अप्रेशनहरुको ब्यबस्था गरेको छ । जुन बाहिरका अस्पताल भन्दा धेरै नै सस्तो हुने छ ।

यस अस्पतालले सबै स्वास्थ्य सेवाहरु जस्तै शल्यक्रिया ,एन्जीयोग्राफी हेमोडायलेसिस ,न्यूरो सर्जरी ,यूरो सर्जरी, प्लास्टिक सर्जरी, कार्डियो भ्यास्कुलर सर्जरी, समेत सेवा नेपाल सरकारले दिने सेवा सरह शुल्कमा यस अस्पतालले सेवा प्रदान गरेको छ ।

फार्मेसीमा नेपाल सरकारको मापदण्ड अनुरुप दक्ष फार्मासीस्टको वहाली गरिएको छ । जुन २४ घण्टा निरन्तर सेवा प्रदान गर्ने सुविधा भएको छ ।

अस्पतालले दिने औषधी फार्मेसीको सुबिधा बारे सञ्चारमाध्यम बाट नेपालको प्रत्येक जिल्लाहरु मा पुगोस् भन्ने डा.प्रमोद सरार्पmले विज्ञपती पढ्ने क्रममा जानकारी दिनु भएको थियो ।

Back to top