×

वीरगज्व ११ असार । समाजवादी पार्टी नेपालले आफ्ना एकजना प्रतिनिधिसभा सांसद प्रदीप यादवलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ। के भन्छन् सांसद प्रदीप यादव ।

म पार्टीका लागि धेरै योगदान गरेको सच्चा सिपाही हुँ। पार्टीको निर्माणमा म १२ वर्षदेखि खटेको मान्छे हुँ । मान्छेबाट जानेर र अन्जानमा गल्ती हुन्छ। हामी लाट्भियाको कार्यक्रममा जानीजानी गएका होइनौँ ।

त्यसबारे मैले पार्टीलाई पनि जानकारी गराएको छु। त्यहाँ हामी निमन्त्रणा आएर गएका थिएनौँ । एकजना माननीयज्यूले 'एउटा इन्टरन्याश्नल सांसदहरूको कार्यक्रम छ' भन्नुभयो अनि हामी गयौँ ।

युरोप पनि घुमिहालौँ भनेर गयौँ। तर जाँदा हामी त्यो कार्यक्रममा बसेका छैनौँ । हस्ताक्षर पनि गरेका छैनौँ। देशको परराष्ट्र नीति र पार्टीको नीतिलाई सोचेर हामी त्यो कार्यक्रमबाट निस्किहाल्यौँ ।

न भाग लिएका छौँ न घण्टौँ बसेका छौँ। नयाँ सांसद छु पेटैबाट सिकेर त आएको होइनौँ नि हामीले ? दु:ख लागेको छ। पार्टीको कारबाहीले साह्रै चित्त दुखेको छ। आश्चर्यचकित छु ।

तर पार्टीको निर्णय स्वीकार्य छ। किन कारबाही गरियो भन्ने मैले बुझेको छैन। म पार्टीमा नै बसेर नै सङ्घर्ष गर्छु । म जुन दिन त्यो कार्यक्रममा गएको थिएँ, त्यसै दिन मलाई फसिएको हो भन्ने लागेको थियो। तर पार्टी भनेको आमा हो आमासित म कहिल्यै पनि गद्दारी गर्दिनँ ।

Back to top