×

वीरगंज ११ असार । चाइनाको दबावमा समाजवादी पार्टी नेपालले आफ्नो ‘स्टार’ प्रचारक प्रदिप यादवमाथि कारवाही गरेको छ ।

प्रायः पार्टी संगठनको लागि मरिमेट्ने र पर्सा मात्र नभई छरछिमेकको जिल्लामा पनि विशेष प्रभाव राख्ने यादवमाथी लाटिभियाको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अफ फ्रि तिब्बेत’ मा भाग लिएको अभियोग देखाई उनीमाथि ६ महिना पार्टीबाट निलम्बनको कारवाही गरिएको छ ।

पर्सा जिल्लामा चार वटा निर्वाचन क्षेत्रको चार वटै क्षेत्र वीरगंज महानगरपालिकाको नगरप्रमुख, जिल्ला समन्वय समितिको प्रमुख र १४ वटा स्थानीय तहको २८ वटा पद मध्ये १० वटा पदमा निर्वाचन जिताउन सफल कमाण्डर प्रदिप यादवमाथि भएको यो ‘अनुचित’ कारवाहीलाई कार्यकर्ताहरुले पचाउन सकेका छैनन ।

प्रदेशका मुख्यमन्त्री, यहाँका उनकै पार्टीका जम्मै सांसदहरु एकतिर भएर जिल्लाको निर्वाचन लड्दा पनि चारको विरुद्ध ४० मत ल्याएर प्रदिप यादव तत्कालिन संघीय समाजवादी पार्टी नेपाल पर्साको प्रमुख पदको निर्वाचन जितेका थिए ।

पर्सा जिल्लामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भन्दा पनि लोकप्रिय र शक्तिशाली नेताको रुपमा स्थापित प्रदिप यादवमाथि गरिएको यो कारवाहीले अन्ततः सो पार्टीको कार्यकर्तामाथि मनोवैज्ञानिक असर पर्ने निश्चित छ । चाइनालाई खुसी पार्न उपेन्द्र यादवले यो कारवाही गरेको पार्टी वृत्तमा हल्ला छ ।

जबकी लाटिभियाबाट फर्केपछि माननीय प्रदिप यादवले आफु नजानेर त्यहाँ गएको र कार्यक्रमको उद्देश्यबारे थाहा पाएपछि सहभागि नै नभई आफ्नै पैसाले टिकट कटाएर फर्केको तर जेभएपनि आफुसंग गल्ति भएको मीडियामा बताएर सोही बखत आफ्नो इमान्दार स्पष्टिकरण जनसमक्ष प्रस्तुत गरेका थिए ।

नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी पार्टी नेपाल पनि चाइनिजहरुकै इसारामा चल्ने पार्टी भएको यो कारवाही प्रकरणले पुष्टि गरेको छ । संसदमा जनतासंग गाँसिएका मुद्दाहरु उठाएर दिनदिनै आम जनताबीच प्रदिप यादव लोकप्रिय हुंदै गएका छन् ।

यो कारवाही प्रकरणले ‘हर बहे से खर खाए, बकरी आचार खाए’ भन्ने भोजपुरी उखानलाई चरितार्थ गरेको छ ।

Back to top