×

वीरगंज ८ असार - वीरगंज महानगरपालिकाको सडक फराकिलो हेर्ने महानगरवासीको चाहना अव पुरा हुने भएको छ । लामो समय देखि भत्किने-नभात्किने विवाद हुँदै आएको वीरगंज महानगरपालिकाको मुख्य सडक अन्तत भत्किने निश्चित जस्तो भएको छ ।

सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सडक डिभिजन हेटौंडामार्फत राजमार्ग विस्तारकाका लागि शनिबार एक सूचना प्रकाशित गर्दै पर्सा जिल्लाको वीरगंज भन्सार देखि मकवानपुर जिल्लाको हेटौडा दामेचौर सम्म दायाँ-बायाँ दुवै तर्फ गरि २५/२५ मिटर सडक सिमाको अतिक्रमण १५ दिन भित्र हटाउने अल्टिमेटम दिएको छ ।

सडक डिभिजन कार्यालयले १५ दिन भित्र उल्लिखित जग्गाको घर-टहरा आफै नठाए आवश्यक कारवाही समेत गर्ने जानकारी गराएको छ । २०३१ मा बनेको सडक एनको दफा २१ अनुसार सार्वजनिक जग्गा हकभोग गर्दै आएको व्यक्तिले उपलब्ध गराईएको समय भित्र आफैले जग्गा खालि नगरे र विभागले खालि गर्नु परेको खण्डमा खालि गर्न लागेको सम्पूर्ण खर्च हकभोग गर्दै आएको व्यक्ति संग उसुल गर्ने व्यवस्था छ ।

कार्यालयले महेन्द्र राजमार्गको धन्सार पुल (बारा)देखि लोथर (मकवानपुर)सम्म तथा त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग र राजपथको दायाँ र बायाँ २५/२५ मिटर सडक अतिक्रमण गरी बनाइउका घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको हो।

विभागले असार ७ गते शनिबारको मितिले १५ दिनभित्र संरचना हटाउन आदेश दिएको छ । यसअघि विभागले विभिन्न मितिमा राष्ट्रिय दैनिक पत्रिकामा पटक-पटक सूचना प्रकाशित गर्दै त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजपथको दाँया र बाँया २५/२५ मिटर सडक अतिक्रमण गरी बनाइएको घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको थियो ।

त्रिभूवनव राजमार्ग वि.स. २०१३ मा भारत सरकारको सहयोगमा तयार भएको हो । राजा त्रिभूवनको सम्झनामा राजमार्गको नाम त्रिभूवन राजपथ राखिएको हो । त्यतीबेला मुलुकमा सडक सम्बन्धी ऐन थिएन । पछिल्लो समय ब्यक्तिले त्यसलाइए अतिक्रमण गरेर संरचनाहरु निर्माण गरेका छन । बिभागले त्यही संरचना भत्काएर सडक फराकिलो बनाउने प्रयोजनकोलागि सूचना प्रकाशीत गरेको हो ।

सार्वजनीक सडक ऐन २०३१ को दफा ३ मा सार्वजनिक सडकहरूको वर्गीकरण तथा तिनको सडक सीमा, नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सडकलाई राजमार्ग,सहायक मार्ग, जिल्ला मार्ग, र शहरी मार्गमा वर्गीकरण गरी त्यस्तो सडकको केन्द्र रेखादेखि दायाँ बायाँ दुवैतिर एकतीस मीटरमा नबढाई सडक सीमा तोक्नेछ ।

तर एकै किसिमको सडकको सम्पूर्ण लम्बाईमा पनि भौगोलिक स्थिति (टोपोग्राफी) र बस्तीको कारण त्यस्तो सडक सीमा कम वेग गर्न वा पुल तथा पुलको वरपर नदीको तटवन्ध सुरक्षाको लागि चार किल्ला समेत खोली आवश्यक सीमा तोक्न सक्ने उल्लेख ।

Back to top