×

चिरञ्जीवी यादव,वीरगन्ज ८ असार । विपद ब्यवस्थापन समबन्धी सचेतनामुलक कार्यक्रम पटेर्वा सुगौली गाउँ पालिलामा आज समपन्न भएको छ ।

बाल दृष्टि केयर पर्साको आयोजनामा पटेर्वा सुगौली गाउँ पालिलाको सहजीकरणमा, विपद ब्यवस्थापन समबन्धी सचेतनामुलक कार्यक्रम गाउँ पालिलाको वडा १ र ३,र ४,५,र २ मा गरि ५ वटा वडा हरुमा भएको हो ।

शिक्षक,विद्यार्थी,जनप्रतिनिधि,समाससेवी तथा अगुवा ब्याक्तीहरुलाई विपद ब्यवस्थापन समबन्धी सचेतनामुलक कार्यक्रम गाउँ पालिलाको सवै वडाहरुमा विभिन्न मिति समय,स्थानमा समपन्न भएको छ ।

कार्यक्रमको प्रशिक्षक नेपाल रेडक्रस सोसाइटी पर्साका उपमन्त्री साविर अहम्द एराज,दामोदर यादवले कार्यक्रमको प्रशिक्षण गरेको थियो ।

वडा १ का वडा अध्यक्ष फरमान मिया र वडा ३ का वडा अध्यक्ष माधव राउत थारु ,गाउँ पालिकाको समाजिक विकास शाखा प्रमुख राजकुमार महतो,योजना शखाको अधकृत शम्भु साह,लगाएत कार्यक्रमको सफलताको लागि मन्तव्य ब्यक्त गरेको थिए ।

कार्यक्रमको उदेश्य गापामा हुने दैवीप्रकोपबाट वचन उपाय,विपत कम गर्ने सचेतीकरण,दैवीप्रकोपको भैइरहदाँ यश पश्चात् का उपाय,पुर्व तयारी,र न्यूनीकरणबारे प्रशिक्षण दिएका थिए ।

Back to top