×

वीरगंज ८ असार । बाराको जीतपुर सिमरा उपमहानगर पालिकाको कार्यपालिका बैठकमा कुर्सी हानाहान भएको छ । नेपाली काग्रेस र राष्ट्रिय जनता पाटी (राजपा) नेपालका सात वडा अध्यक्षले कुर्सी हानेको हो ।

कार्यपालिका बैठकमै वडाध्यक्षहरुले नाराबाजी गर्दै मेयरलाई कालो झण्डा समेत देखाएका थिए । आर्थिक बर्ष २०७५।०७६ को आम्दानी र खर्च पार्दशी नगरेको, आर्थिक बर्ष २०७६।०७७ का लागि आएको कुल बजेट १ खर्ब २८ करोड ८५ लाख ६६ हजारको बाड्फाँड गोप्य राखेको, नगरस्तरीय बजेट थुपारेर कार्यकर्ता पाल्ने खेलमा लागेको वडाध्यक्षहरुको आरोप छ ।

केही बेर उनीहरु हातमा कालो कपडा बाँधी मुल गेटमा प्रदर्शन समेत गरेका थिए । वडा ७ का अध्यक्ष रामबाबु गुप्ताले कार्यपालिका बैठकमा पनि भएको निर्णयको माईन्युटमा आफनो असहमती जनाउन समेत नदिएकोमा आक्रोस पोखे । उनले प्रश्न गरे– के म्यान्यूटमा असहमती पनि जनाउन नपाउने ? उनले ३७ र ३८ औँ कार्यपालिका बैठकको माईन्युटमा नट अफ डिसेन्ट लेख्ने अधिकारको पनि मेयरले बहुमतको दम्भमा लेख्न नदिएको उनको गुनासो छ ।

त्यस्तै वडा १० का अध्यक्ष सरोज पटेलले कार्यपालिका बैठकमा जम्मै नगरस्तरीय बजेटमा राख्ने आफना पाटीका वडा अध्यक्ष जितेको ठाउँमा खर्च गर्ने तर अरु पाटीले जितेका वडामा सड्यन्त्रपुर्बक रकम फ्रिज गराउने खेलामा मेयर र उपमेयर लागेको आरोप लगाएका छन् । आर्थिक बर्ष २०७६।०७७ का लागि न्युनतम वडामा ६० लाख र बाँकी जनसङख्या र क्षेत्रफलको हिसाबले बाड्ने गरेको निर्णयको नेपाली काग्रेस र राजपाका वडा अध्यक्षहरुले बिरोध गरेका छन् ।

कम्तीमा पनि वडामा १ करोड रुपैया पठाउनुपर्ने माग काँग्रेस र राजपा वडाध्यक्षहरुले राखेका छन् । काग्रेस र राजपाका वडाध्यक्षहरुले लगाएको आरोपको बिषयमा उपमहानगरपालिका मेयर डा.कृष्ण पोडेलसँग फोन सम्पर्क गर्न खोज्दा बारम्बार फोन काटेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाले यही असार १० गते नगर सभा राखेको छ । कार्यपालिकामा ३४ सदस्यमध्ये नेपाली काग्रेसका पाँच, राजपाका २ र बाँकी २७ जना नेकपाका सदस्य छन् ।

Back to top