×

वीरगन्ज ७ असार । निकै चर्चाको विषय बन्दै आएको वीरगन्जको मुख्य सडक भत्काउने प्रसंग पुनस् चर्चामा आएको छ । प्रदेश नम्बर २ को आर्थीक राजधानी रुपमा समेत परिचित वीरगन्ज महानगरपालिका क्षेत्रमा २५ मिटर सडक फराकिलो पार्नको लागि प्रधानमन्त्री कार्यालयले चासो दिएपछि सडक डिभिजन कार्यालयले गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयले भौतिक योजना तथा यातायात मन्त्रालयलाई सडक विस्तारको काम अघि बढाउनको लागि निर्देशन दिएपछि सडक डिभिजन कार्यालय हेटौँडाले तयारी थालेको हो । २५ मिटर सडक विस्तारको लागि पहलको लागि वीरगन्ज महानगरपालिकाले प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गरेपछि प्रधानमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौँडाले आवश्यक तयारी समेत सुरु गरिसकेको जनाएको छ । सडक फराकिलो नहुँदा वीरगन्ज महानगरपालिकाको बजार व्यवस्थापन गर्न समेत समस्या भएको भन्दै वीरगन्ज महानगरपालिकाले प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेको थियो । महानगरपालिकाकै अनुरोधपछि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको श्रोतले जनाएको हो । शनिबार छैठौँ पटक जारी गरिएको सुचना अनुसार १५ दिन भित्र आफै नभत्काए बलपुर्वक डिभिजन सडक कार्यलयले भत्काउने डिभिजन सडक हेटौंडाका सुचना अधिकारी जयराम अधिकारीले बताए । विगतमा सडक भत्काउने कुरा चले पछि वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सडक भत्काउने निर्णय भएपछि पहिले आफ्नै घरबाट सुरु गर्ने केहि संचारमाध्यमलाई अन्तर्वार्ता समेत दिएका थिए । अब वीरगंज नगरवासीको लागि यो जिज्ञासाको विषय बनेको छ, यहाँका स्थानियले वीरगंजका मेयर विजय सरावगीले आफुले वाचा गरे जस्तो सडक फराकिलो गर्ने कार्य आफ्नै घरबाट सुरु गर्लान की पहिला कै जस्तो आफुले गरेको वाचालाई उल्ट्याउदै जनताको आँखामा छारो हाललान ?

ल,आयो वीरगन्ज महानगरपालिकाको मेयरका कुरा

Back to top