×

वीरगन्ज २१ जेठ । नेपाल सरकारले लोकसेवा आयोगमा माग गरेको कोटामा समावेशी दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेको भन्दै हेटौँडामा युवाहरुले आज प्रदर्शन गरेका छन् ।

मधेशी जनताको हित गर्छु भन्दै चुनाव जितेका प्रदेश नं. २ का मुख्यमन्त्री लालवावु राउतले पनि आफुहरुलाई कुनै वास्ता नगरेको उनीहरुको भनाई छ ।

हेटौँडामा बसेर लोकसेवा पढिरहेका युवाहरुले आज लोकसेवा कार्यालय हेटौँडालाई घेरेर नारा जुलुस गरिरहेका छन् ।जुलुसमा नेपाल सरकार गालि गरिएको छ भने मुख्यमन्त्री लालवावु राउतको राजीनामा माग गरिएको छ ।

Back to top