×

वीरगन्ज १९ जेठ । बाराको निजगढमा रात्रिबस लुटपाटमा संलग्नमध्ये ७ जनालाई निजगढ प्रहरीले नियन्त्रणमा लिएको छ ।

अभैm केही व्यक्ति फरार रहेकाले पक्राउ परेकाको नाम आज बारा जिल्ला अदालतबाट म्याद थप गरेपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

महेन्द्र राजमार्गस्थित निजगढको १३ किलोमिटरमा शुक्रवार बिहान करीब ३ बजे राति बस लुटिएको थियो । काठमाडौंबाट सर्लाही जाँदै गरेको ना।७ ख २७९० नम्बरको रात्रिबसका कन्डक्टर सञ्जयकुमार उपाध्यायले इलाका प्रहरी कार्यालय निजगढमा आपूm लुटिएको प्रहरीलाई जानकारी दिएपछि निजगढ प्रहरीले लुटपाटमा संलग्न समूहको खोजी कार्य तीव्र पारेको थियो ।

इप्रका निजगढका प्रहरी निरीक्षक विक्रम लामाको टोलीले सो घटनामा संलग्न हुन सक्ने आशङ्कामा सिन्धुली घर भई हाल निजगढ नगरपालिका–८ गुम्बाटोल बस्ने अन्दाजी वर्ष २७ को सङ्घर्ष थिङलाई तुरुन्तै नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । फरार अन्यलाई प्रहरीले शनिवार रात्रि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको समेत प्रनि लामाले बताए ।

लुटेराहरूले बसका कन्डक्टर उपाध्यायलाई नियन्त्रणमा लिएर उनीसँग भएको करीब ४५ हजार नगद, एक थान मोबाइल लुटेर लगेको बताइएको छ । सो लुटपाटमा ८र१० जनाको समूहमा रहेका लुटेरा समूहले रातो रङ्गको स्कारपियो जीप र तीनवटा मोटरसाइकलसमेत प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दुईवटा मोटर साइकल प्रहरीले बरामद गरिसकेको छ ।

Back to top