१ हजार दरको नक्कली नेपाली नोटसहित महतो पक्राउ

422


वीरगन्ज १८ जेठ । बारा पर्साको बजारमा नक्कली नेपाली नोट चलन चल्तीमा आएको हल्ला संगैे नक्कली नेपाली नोटसहित बारामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोल्वी नगरपालिका–२ झुरझुरेबाट रौतहट मौलापुर नगरपालिका –९ बस्ने वर्ष २७ का शिवदयाल महतोलाई १ हजार दरको १० थान नक्कली नेपाली नोटसहित बिहिबार राती प्रहरीले पक्राउ गरेको हो ।


अस्थायी प्रहरी पोष्ट झुरझुरेबाट खटिएको प्रहरीले तामागढीबाट रौतहट बिजयपुर तर्फ जांदै गरेको ना.९प ५४५२ नम्बरको मोटरसाईकल चेकजांच गर्ने क्रममा चालक महतोलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महतोमाथि  खोटाचलन मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट म्याद थमाएर नक्कली रुपैयाँ बारे थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here