×

वीरगन्ज १७ जेठ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको ३० हजार रुपैयाँ घुस लिने १ कर्मचारी र २ जना लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वीरगन्जमा कार्यरत नायव सुब्बा बद्रिप्रसाद दाहाल तथा लेखापढी व्यवसायीहरु रोशनकुरमा रौनियार र सुनिल कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारको टोलीले केही दिन अगाडि लेखापढी व्यवसायी रौनियार र यादवलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।रौनियार र यादवको बयानका आधारमा यातायात कार्यालयको नायब सुब्बा बद्रिप्रसाद दाहालविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले गरेको अनुसन्धान अनुसार उनीहरुले स्काभेटरको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार घुस मागेका थिए ।

Back to top