×

बीरगंज १७ जेष्ठ । त्रिभुवन राजपथको मुख्य सडकको केन्द्र भागदेखि २५÷२५ मिटर दायाँ तथा बायाँ रहेको घर, टहरा तथा पुर्बाधार भत्काएर सडक चौंडा गर्ने अभियानले जितपुर बजारमा पुर्णता पाउन थालेको छ ।

बजारको दुर्ब तर्फ आधा दर्जनको संख्यामा डोजर लगाएर पुर्बाधार भत्काउन थालेपछि अव बीरगंजको महल पनि चकनाचुर हुने अनुमान लगाउन थालिएको छ भने यसलाई रोक्नको लागि बीरगंज उद्योग बाणिज्य संघले अन्तिम ब्रम्हास्त्र प्रयोग गर्ने तयारी गरिरहेको समाचार प्राप्त हुन आएको छ ।बिगत बर्षहरुमा पनि मुख्य सडकको घर भत्काएर बीरगंजको सडक चौंडा गर्ने योजना अघि बढाइएको पनि मुख्य सडकमा घर भएका ब्यापारिले आन्दोलनको चेतावनी दिनुका साथै तत्कालिन बिभागिय मन्त्री तथा तत्कालिन प्रम देउवालाई समेत प्रभावमा पारेर सडक बिस्तार अभियान रोकिएको थियो ।अझ ब्यापारीहरुले तत्कालिन प्रमको पार्टीको भोट घट्ने भन्दै सरकारलाई समेत निर्णयबाट पछि हटन बाध्य बनाइएको भएपनि अहिले र त्यस बेलाको राजनीतिक परिस्थितिमा आएको फेरबदलले बिकासको गतिलाई कुनै पनि बाहानामा नरोक्ने मनसायमा बर्तमान सरकार पुगेको हुनाले बीरगंजको मुख्य सडकमा निर्मित आलिशान महलमा डोजर चन्ने र सडक चौंडा हुने भएको हो ।बीरगंज महानगरपालिकाले पनि मुख्य सडकमा रहेको घर टहरा हटाएर सडक चौंडा गर्न सहमति जनाइ सकेको हुनाले अव भने बीरगंजको मुख्य सडकलाई रोक्न जस्तोसुकै शक्ति लगाएपनी स्थिर सरकारले बिकास बिरोधी कुरा नसुन्ने भएपछि यहांका बिकास बिरोधी पक्षधर भने निरास बनेका छन र यातायात व्यबस्था मन्त्री राघुबिर महासेठलाई मिलाउन चाँजोपाँजो मिलाउन लागिरहेको समाचार प्राप्त हुन आएको छ ।

Back to top