वीरगंज–पथलैया ६ लेन सडकको म्याद एक वर्ष थप

607

जीतपुर, जेठ १७ – वीरगंज–पथलैया ६ लेन व्यापारिक सडकमार्ग निर्माणको लागि जीतपुर बजार क्षेत्रको अतिक्रमण हटाउने काम शुरू भएको छ ।

सडक विभागले दिएको अन्तिम सीमामा जीतपुर बजारका मानिसले अतिक्रमण नहटाएपछि विभागले डोजर लगाएर अतिक्रमण हटाएको हो । जेठ १३ गते डोजर लगाउँदा वडा अध्यक्ष र नगर उद्योग वाणिज्य सङ्घको आग्रहमा तीन दिनको समय प्रदान गरिएको थियो । सो समयसीमा समाप्त भएपछि आजदेखि अतिक्रमण हटाउने कार्य शुरू भएको योजना प्रमुख सञ्जयकुमार मिश्रले बताए ।

जीतपुर र परवानीपुर बजारको अतिक्रमण हटाउने सन्दर्भमा स्थानीयवासीले मुआब्जा माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला प्रशासन, ठेकेदार कम्पनी, विभाग र सरोकारवाला जग्गाधनीबीच केही महीनाअगाडि अदालतको आदेश अनुसार सडकखण्डमा परेका जग्गाहरूको सन्दर्भमा लगत तयार गरेर अदालतको पैmसला अनुसार क्ष्Fतिपूर्ति पाउने – नपाउने सन्दर्भमा सहमति भएको थियो । अदालतको आदेश दुवै पक्षलाई मान्य हुनेगरी सहमति भएपछि ६ लेन सडकको कामले तीव्रता पाएको हो ।



योजना प्रमुख मिश्रले ६ लेन सडकको काम पछिल्लो समयमा देखिनेगरी अगाडि बढेपनि तोकिएको समयमा कार्य सम्पन्न नहुनुको कारण पाइपलाइन प्रोजेक्ट, सडक सीमा अतिक्रमण, वन क्षेत्र, बिजुलीका पोल, तार, खानेपानी पाइपलाइन, औद्योगिक ढल निकास, सडक किनारमा थन्किएको खरानी र बेलाबेलामा भएको प्राकृतिक विपदा, निर्माण सामग्री र जनशक्तिको अभाव तथा व्यापारिक मार्ग निर्माणमा सवारी चापको समस्याले गर्दा ठेकेदारहरूले काममा ढिलाइ गर्ने आधार पाएको बताए ।

६ लेन सडक निर्माणको कार्य ३० महीनामा सम्पन्न हुनुपर्ने हो । गत पुस २८ गते ३० महीना सकिएपछि विभागले यही असार मसान्तसम्मको लागि ६ महीना समयावधि थपेको थियो । ३० महीनामा ३० प्रतिशत मात्र कार्य सम्पन्न भएको र अहिले जेठको आधाआधीमा ४० प्रतिशत काम सम्पन्न भएकोले योजनाको काम तोकिएको अवधिमा पूरा नहुने देखिएपछि अन्तिम समयको लागि १ वर्षको म्याद थप भएको छ ।

विभागले आव २०७६–७७ को असार मसFन्तसम्म कुनैपनि बहाना नलाग्ने गरी काम सम्पन्न गर्नुपर्ने शर्तमा एक वर्षको म्याद थप भएको स्रोतले जनाएको छ । यो सडकखण्ड निर्माणका लागि ७ वटा निर्माण कम्पनीहरूले काम गर्दै आएका छन् । साभार : प्रतीक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here