विश्वकप क्रिकेटको अपडेट हाम्रो पात्रोमा

30

काठमाडौँ, जेठ १७ – हाम्रो पात्रोले निर्वाचन तथा विश्वकप फुटबलको लाइभ अपडेटपछि क्रिकेटको महाकुम्भ विश्वकप क्रिकेट २०१९को सबै अपडेट तथा ‘प्रेडिक्ट र विन’ सहितको नयाँ योजना सार्वजनिक गरेको छ। हाम्रो पात्रो क्रिकेट अपेडेट प्ले स्टोरमा गएर  प्राप्त गर्न सकिनेछ।

अपडेट  एन्ड्रोएट मोबाइमा  फोन अटो अपडेटमा हुनेछ। हाम्रो पात्रोमा आइएमइ पे हाम्रो क्रिकेट  खोलेपछि क्रिकेट सस्क्राइब तथा लगइन गरेर अपडेट गर्नु पर्नेछ।  दैनिक हुने हरेक खेलबारे जानकारीका लागि आइएमइ पे हाम्रो क्रिकेट हेर्न सकिन्छ। हरेक खेल सुरु हुनु अघिसम्म सजिलै ‘प्रेडिक्ट र विन’ प्रतियोगितामा सहभागी भएर उक्त खेल जित्ने टोलीको सही अनुमान गरी आइएमइ पे एममा टपअप गरेर पुरस्कार प्राप्त सकिनेछ।



प्रेडिक एण्ड विनमा सही अनुमान गर्ने दैनिक ३५ जना भाग्यशाली विजेताले विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्न सक्नेछन्। जसअन्तर्गत दैनिक पहिलो पुरस्कार स्वरुप एक जनालाई आइएमइ पे एप्लिकेसनमा एक हजार, दोश्रो विजेतालाई पाँच सय र तेश्रो हुने ३० जना विजेतालाई  सय रुपैयाँ टप अप पुरस्कार प्रदान गरिनेछ। विश्वकप क्रिकेटको फाइनल खेलमा विजयी हुने देसको सही अनुमान गर्नेमध्ये एकजनाले रु १ लाख (कर सहित) नगद प्राप्त गर्नेछन्।

पुरस्कारका लागि प्रतियोगीले आफ्नो फोनमा आइएमइ पे डाउनलोड हुनुपर्नेछ।  भाग्यशाली विजयीहरुको नाम तस्बिरसहित हाम्रो पात्रोमा सार्वजनिक गरिनेछ भने पुरस्कार रकम आइएमइ पेको प्रयोगकर्ता आइडी हाम्रो पात्रोलाई उपलब्ध गराएपश्चात ७ दिनभित्र उपलब्ध गराइनेछ।