×

वीरगञ्ज १६ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । बजेटबारे के भन्छन वीरगन्जका उधोगीहरु ।

सुवोधकुमार गुप्ता केन्द्रीय अध्यक्ष, नेपाल चामल तेल दाल उद्योग संघ

स्वदेशी उद्योगलाई प्रोत्साहनका लागि एण्टिडम्पिङ शुल्क लगाउने घोषणा सकारात्मक छ । कच्चा पदार्थको आयातमा रजस्व छुट र तयारी बस्तुमा एक तह बढी राजस्वको नीति सकारात्मक छ । बजेटले सबै क्षेत्रलाई छोएको छ । औद्योगिक कोरिडोर, सडक पूर्वाधार, मोडल सिटी, रोजगारी वृद्धिवस्ता योजना राम्रा छन् । कच्चा पदार्थको आयातमा राजस्व छुट र निकासीमा शुल्क हटाइएको छ । यसले निकासी प्रवद्र्धनमा सहयोग पु¥याउन सक्छ । वाणिज्य क्षेत्रलाई पनि बजेट सहयोगी छ । निजीक्षेत्रले आलोचना गर्नुपर्ने ठाउँ छैन ।

अशोककुमार बैद,उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २

बजेट सुन्दा राम्रो लागे पनि यसको सार कार्यान्वयनमा भर पर्छ । कच्चा पदार्थको आयातमा राजस्वको सहुलियत सकारात्मक पक्ष हो । तर, निकासीमा अनुदान हटाइएको छ । निकासी शुल्क हटाएरमात्र निकासी बढ्दैन । पूँजीगत खर्चको चौमासिक समीक्षा हुनु पर्दछ । यसले पूँजीगत खर्चको प्रभावकारिता बढाउँछ ।

गोपाल केडिया,अध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ

बजेटले आर्थिक र सामाजिक विकासका प्रायः सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको छ । वीरगञ्जको सन्दर्भमा भन्नु पर्दा सिमरा विमानस्थललाई स्तरोन्नति, वीरगञ्ज–पथलैया कोरिडोर निर्माणजस्ता योजनाको स्वागत गरिनु पर्दछ । बजेट पूर्वको छलफलमा सिमरा विमानस्थलको स्तारोन्नतिको माग गरेका थियौं । त्यो सम्बोधन भएको छ । कपडा उद्योगको विद्युत्मा ५० प्रतिशत छुट, बैंकको व्याजमा छुटजस्ता सहुलियतले उद्योग प्रवद्र्धनमा सहयोग पुग्न सक्छ ।

 

Back to top